gufgaf

कंगनालाई आलियाको जवाफ- म तिमीजस्तो बोल्न जान्दिन

2019/03/07   Gufgaf
   

अभिनेत्री कंगना रनावत आफ्ना बयानका कारण प्राय चर्चामा रहने अभिनेत्री हुन् । उनी हरेक विषयमा निर्धक्क भएर बोल्न सक्ने अभिनेत्रीको रुपमा पनि चिनिएकी छिन् । केही दिन अघि मात्रै सिनेमा ‘मणिकर्णिका’को सक्सेस पार्टीको समयमा  उनले राजनीतिको बारेमा बोल्दै सबै कलाकारले यस विषयमा बोल्न जरुरी भएको बताईन् । 

यति मात्रै हैन उनले एक महिना अघि फिल्म क्याम्पेनियनको च्याट शोमा अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर सिंहले राजनीतिको बारेमा बोल्न नचाहेको कुरा पनि जोडिन् ।  उनले यसरी रणवीर र आलिया राजनीतिको बारेमा नबोल्नुलाई गैर जिम्मेवारीपूर्ण काम भएको  उल्लेख गरेकी थिईन् । 

हालै मात्र यस विषयमा बोल्दै आलियाले कंगनलाई जवाफ फर्काएकी छिन् । आलियाले भनेकी छिन्, ‘मेरो आफ्नै विचार छ तर म त्यसलाई आफैमा सिमित राख्न मन पराउँछु । म कंगनाको धेरै ईज्जत गर्छु किनभने कंगनामा जति बोल्न सक्ने खुबी म मा छैन ।  कंगना सहि पनि हुन सक्छिन्  किनभने सबै मान्छेले उनले जस्तो सबै विषयमा खुलेर बोल्न सक्दैनन् । तर हामी सधैँ किन बेकारमा बोलिरहनु पर्यो भनेर आफैलाई रोक्छौँ ।  

Image result for ranveer singh , alia bhatt

मेरो बुवाले भन्नुहुन्छ यो संसार मानिसहरुको विचारले भरिपूर्ण छ ।  यो संसार तिमी एक जनाको विचार बिना पनि चल्छ ।’ 
त्यस्तै अभिनेता रणवीर कपूरले पनि यस विषयमा बोल्न नमानेको कुरा कंगनाले उक्त कार्यक्रममा उल्लेख गरेकी थिईन् । रणवीरले केही समय अगाडिको एक अन्र्तवार्तामा आफ्नो घरमा विजुली पानी आईरहेको र आफूलाई राजनीतिको बारेमा बोल्न आवश्यक नभएको उल्लेख गरेका थिए ।

Related image

तर कंगनाले रणवीरले यसरी राजनीतिको बारेमा बोल्न नमान्नु गलत भएको उल्लेख गर्दै कंगनाले कलाकारले यस विषयमा बोल्न जरुरी भएको बताएकी थिईन् । देशमा राजनीतिले कस्तो मोड लिएको छ भन्ने विषयमा सबैले जानकारी राख्न र यस बारेमा आफूलाई लागेको कुरा बोल्न आवश्यक भएको कंगनाको भनाई थियो । 
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस