gufgaf

राजेन्द्र खड्गीको फिल्मी शैलीको प्रेम र विवाह 

2019/03/08   Gufgaf
   

द्वन्द निर्देशक राजेन्द्र खड्गी नेपाली फिल्म क्षेत्रका अभिन्न अंग हुन् ।  एक समय उनी बिना कुनै सिनेमा पूरा हुँदैनथे । उनले सयौँ सिनेमामा द्वन्द निर्देशकको रुपमा काम गरिसकेका छन् ।

एकताका उनको द्वन्द निर्देशन नभएसम्म सिनेमा राम्रो बन्दैन भन्ने छाप पनि नेपाली सिनेमा उद्योगमा परेको थियो । यो सबै उनको कामको नतिजा नै थियो । सिनेमा क्षेत्रका अग्रज व्यक्तित्व राजेन्द्रको वास्तविक जीवन पनि उनले काम गरेका सिनेमाको कथा भन्दा  कम छैन ।

उनी एउटै व्यक्ति भएर पनि फरक–फरक जीवनको अनुभव लिईसकेका छन् । उनी भन्छन्, ‘जीवनमा रेल पनि चढेँ जेल पनि पुगेँ’। उनको जीवनका बाहिरी पक्ष जति फिल्मी छन् प्रेम र वैवाहिक जीवन पनि उत्तिकै चाख लाग्दो  र फिल्मी छ । 

राजेन्द्रले पहिलो विवाह पाटनबाट गरे । तर उनको पहिलो विवाह सुखद   रहन सकेन । खासमा उनको पहिलो श्रीमतीले हेटौँडास्थित उनको घरमा बस्न नमानेपछि उनको सम्बन्ध बिग्रिएको थियो । उनी भन्छन्, ‘शहरको केटी विहे गरेर गाउँमा बस्न नसकेपछि  मेरो पहिलो वैवाहिक जीवन बिग्रियो ।’

वर्षमा आधा समय माईतीमा र आधा समय घरमा बिताउने गरेकी उनकी पहिलो श्रीमतीले  अन्तत माईतीबाट घर फर्कन नमानेपछि राजेन्द्रले रविनालाई दोस्रो श्रीमती बनाउने निर्णय गरे । त्यस बेलासम्म पहिलो विवाहबाट ३ छोरीको जन्म भईसकेको थियो । 

तैपनि परिवारको सल्लाह र आफ्नो जीवनको हकमा राजेन्द्रले रविनलाई भगाएका थिए । 
पहिलो विवाह सुखद नभएपछि राजेन्द्र र रविनाको परिवारले उनीहरुको विवाहमा साथ दिएको थियो । 

खासमा रविना राजेन्द्रको दिदीको नन्द हुन् । यस हिसाबले उनीहरुको पारिवारिक सम्बन्ध पनि नजिकको र राम्रो थियो । दोस्रो विवाह भएका कारण राजेन्द्रले रबिनालाई भगाएका थिए ।  तर त्यो बेला भागेर विवाह गर्नु उनीहरुको लागि त्यति सहज थिएन । 

राजेन्द्रले दोस्रो विवाह गरेको थाहा पाएपछि पहिलो श्रीमती घर फर्किनु उनीहरुको लागि सुखद थिएन ।  आफूहरुको विवाह भएपछि घरमा सौता फर्केका ती दिन निकै कठिन भएको रबिनाले सुनाईन् । यस बाहेक पनि विभिन्न समस्याहरु झेलेर राजेन्द्रको दोस्रो वैवाहिक जीवनले अहिले ३५ वर्ष पार गरेको छ । 

आफ्ना जीवनमा आईपरेका हरेक समस्यामा साथ दिएर अघि बढेको भन्दै राजेन्द्रले श्रीमती रबिनालाई हामीसँगको कुराकानीमै धन्यवाद पनि भने । यस बाहेक राजेन्द्र खड्गीको व्यक्तिगत र वैवाहिक जीवनका आरोह अवरोहका बारेमा हामीले ‘पीरती’मा  कुराकानी गरका छौँ । 


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस