gufgaf

भद्रगोलका पाँडे प्रति पाण्डे समाजको आपत्ती

2019/03/13   gufgaf
   

गफगाफ - नेपाल टेलिभिजन बाट प्रसारण हुदै आएको चर्चित हास्य टेलिश्रृंखला “भद्रगोल “को ‘पाँडे’ चरित्रमा पाण्डे समाजले आपत्ति जनाएको छ । भद्रगोल २०० औँ भागमा प्रबेश गरिसक्दा सम्म कतै यस्तो अभियोग देखिएको थिएन । तर पछिल्लो समय उक्त पाँडे पात्र लाई कहिले काहिँ अतिरन्जित गरेर प्रस्तुत गरिएको पाण्डे समाजको आरोप छ । ‘पाँडे’ चरित्रको अतिरन्जित प्रस्तुतीको सिधा असार पाण्डे समाजमा परेको उनिहरुको भनाई छ । 

पाण्डे थर भएकाको संगठन ‘नेपाल पाण्डे समाज’ ले उक्त पात्र प्रति आपत्ती जनाउदै कार्यक्रम उत्पादक मिडिया हबलाई पत्र पठाएको छ । भद्रगोलको उत्पादक मिडिया हबलाई पठाइएको पत्रमा पाण्डे समाजका महासचिव सागर पाण्डेले हस्ताक्षर गरेका छन् । वोधार्थको रुपमा नेपाल टेलिभिजनलाई पनि पत्र पठाइएको छ ।

यता पाँडे चरित्रमा देखिदै आएका हास्य कलाकार अर्जुन घिमिरेले भने मिडिया हबले सोहि विषयलाई लिएर बिज्ञप्ती निकाल्ने तयारी गरिरहेको बताए । बिज्ञप्ती आइसके पश्चात त्यसको निर्णय हुने घिमिरेको भनाई छ । पछिल्लो समय युटुबमा ट्रेन्डिङ १ मा भद्रगोलको प्राय एपिसोड लाई देख्न सकिन्छ । यस टेलिश्रृंखलाको निर्देशन हास्यकलाकारद्वय अर्जुन घिमिरे र कुमार कट्टेलले गरिरहेका छन् ।
 


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस