gufgaf

के प्रेममा छन् वर्षा र मिलन ?

2019/03/16   gufgaf
   

गफगाफ - अभिनेत्री वर्षा सिवाकोटी यति बेला चलचित्र विर बित्रम २ को छायाँकनमा व्यस्त छिन् । अभिनेता पल शाहले चलचित्रमा अभिनेत्री वर्षासंग रोमान्स गरेका छन् । चलचित्रको निर्देशन निर्देशक मिलन चाम्सले गरेका हुन् । पछिल्लो समय निर्देशक चाम्स र अभिनेत्री सिवाकोटीको नाम जोडिएर आउने गरेको छ । उनीहरु एक अर्काको प्रेममा रहेको चर्चा पनि नभएको होइन । तर यस विषयमा निर्देशक चाम्स र अभिनेत्री सिवाकोटी दुबै मौन बसे । हालै अभिनेत्री सिवाकोटीले यसबारेमा आफ्नो मौनता तोडेकी छन् । उनले मिडियामा आएको कुरामा कुनै पनि सत्यता नभएको बताएकी छन् । उनले एक अनलाइनसँगको कुराकानीमा मिलन आफ्नो अभिभावक मात्र भएको र अभिभावक सँग आफ्नो नाम जोडिदा खुशी लागेको समेत बताइन् । बर्षाले चलचित्र विर विक्रम २ मा एउटा राम्रो टिमसँग काम गर्नेे अवसर पाएको भन्दै अब आफू ढुक्क भएको बताइन् । चलचित्र विर बिक्रम २ लाई अपेक्षा गरे अनुसार नै दर्शकको साथ मिल्ने वर्षाको विश्वास छ । मिडियासँग कुराकानी गर्दै आफूसँग अमेरिकाको भिसा भएपनि अमेरिका जाने कुनै योजना नभएको उनले बताइन् । ‘म अझै चलचित्र नगरीमा नै संघर्ष गरिरहेकी छु, र म यसलाई नै निरन्तर्ता दिन चाहन्छु’, अभिनेत्री वर्षाले भनिन् ।


ताजा समाचार
म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस