gufgaf

अभिनेत्री भन्दा प्रस्तोता फाप्यो

2019/03/17   gufgaf
   

गफगाफ - अभिनेत्री तथा सञ्चारकर्मी रिमा विश्वकर्मालाई अभिनय भन्दा पनि कार्यक्रम सञ्चालन फापेको छ । अभिनेत्री र मोडलको रुपमा अघि बढिरहँदा भन्दा उनलाई कार्यक्रम सञ्चालिकाको रुपमा अघि बढ्दा सफलता मिल्यो । हुन त उनी करियरको शुरुवाती दिनमा नै पत्रकारको रुपमा अघि बढेकी थिईन् । तर पत्रकारिता गर्दा गर्दै उनी सिनेमामा प्रवेश गरिन् । रिमाले सिनेमा स्वरबाट डेब्यु गरेकी हुन् । त्यसपछि केहि सिनेमामा काम गरेको भएपनि उनलाई ती सिनेमाले खासै रामो सफलता दिएनन् । म्युजिक भिडियोमा रमाईरहेकी रिमा दुई वर्ष अघि नेपालमा भित्रिएको फ्रेन्चाईज शो नेपाल आईडलमा जोडिन पुगिन् जुन उनको करियरकै टर्निङ पोईन्ट बनिदियो । नेपाल आईडलमा प्रस्तोता बनेपछि रिमाको छवि र करियरले अर्कै मोड लियो । नेपाल आईडल पछि संसारभर छरिएर रहेका नेपालीको प्रिय बनिन् रिमा । उनी भन्छिन्, ‘अभिनेत्री हुँदा कमले चिन्नुहुन्थ्यो । किनभने हामो सिनेमा हेर्ने मास त्यति ठूलो छैन । माया त सबैले गर्नुहुन्थ्यो एउटा कलाकारको रुपमा । तर मैले जब नेपाल आईडलमा काम गरेँ त्यसपछि मलाई सबले मायासँगै सम्मान पनि दिनुभयो । सबैले मलाई आफ्नो परिवारको सदस्यको रुपमा हेर्नुभयो । नजिकको सम्झनु भयो ।’ अहिले उनी देश देखि विदेशमा भएका कार्यक्रमहरु सञ्चालन गरिरहेकी छिन् । यात्रा गर्न मन पर्ने रिमा आफ्नो पेशा पनि त्यस्तै भएकोमा निकै खुशी छिन् । झन् नेपाल आईडलसँग जोडिए पछि त उनको यात्रा नेपालमा भन्दा बढी विदेशमा भईरहेको छ । हाल उनको नेपाल आईडल सिजन २ को वल्र्ड टुरको यात्रा भईरहेको छ । यसका अलावा उनले समय निकालेर सिनेमा सरकारी जागिर मा पनि काम गरेकी छिन् । सिनेमाको धेरै जसो छायाकंन सकिएको छ । अब एउटा गीतको मात्र छायाकंन बाँकी रहेको रिमाले हामीलाई बताईन् । सिनेमामा पनि फाट्टफुट्ट काम गरिरहेको भएपनि रिमाले आफूलाई कलाकारिता भन्दा पत्रकारिता फापेको बताईन् । सिनेमामा किन कम काम गरिरहनु भएको ? भन्ने प्रश्नमा उनले भनिन्, ‘आफूलाई जे फाप्यो त्यहि गर्ने हो । मलाई चाहि कलाकार भन्दा प्रस्तोताको रुपमा रुचाईदिनु भएको छ । मैले अहिले नेपाल आईडलको मञ्चमा आफ्नो कलाकारिता मात्रै नभएर आफ्नो बौद्धिकता पनि प्रस्तुत गर्न पाएँ ।’ यसका अलावा रिमासँग उनको व्यक्तिगत जीवन र करियरका बारेमा गरिएको थप जानकारी तलको भिडियोमा ।


ताजा समाचार
म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस