gufgaf

सञ्चारमाध्यमले साथ दिएन—बर्षा सिवाकोटी

2019/03/17   gufgaf
   

गफगाफ - अभिनेत्री बर्षा सिवाकोटीले सञ्चार माध्यम माथि आक्रोश पोखेकी छिन् । उनले, आफू माथि सञ्चार माध्यमले पक्षपात गरेको भन्दै दुखेसो व्यक्त गरेकी हुन् । अभिनेत्री सिवाकोटी अभिनित चलचित्र पुरानो बुलेट यसै साता प्रदर्शनमा आएको छ । आफ्नो चलचित्र प्रदर्शनमा आउँदा सञ्चार माध्यमले साथ नदिएको उनको गुनासो छ । उनले, आफू सञ्चारकर्र्मीसँग भेट्दा बोलिरहेको भन्दै अरु के गर्नुपर्ने हो भनेर समेत प्रश्न सोझाएकी छिन् । अभिनेत्री सिवाकोटीले सञ्चार माध्यमले कुनै कलाकारलाई च्याप्ने र कसैलाई फ्याक्ने गरेको आरोप समेत लगाएकी छन् ।उनले, कसैको यता फर्किए पनि समाचार, उता फर्किए पनि समाचार आएको भन्दै राम्रो चलचित्र निर्माण हँुदा पनि दर्शकको साथ पाउन नसकेको गुनासो गरेकी छन् । उनले आफ्नो फेसबुकमा एक स्टाटस लेग्दै आफूलाई कसैले साथ नदिएको बताएकी छन् । हेर्नुहोस् अभिनेत्री वर्षा सिवाकोटीले उनको फेसबुकमा लेखेको स्टाटस उनको शब्दमा न म कसैको starkid , न म कसैको गलफ्रेन्ड, न म हिट व्यानरको रेगुलर मेम्वर, न म कुनै युटुव च्यानलको अफिसियल हिट एक्टर, बस कामको परिचय बनाउन निरन्तर एक्लो लागीराको बिचरा, so called Reserved Artist अनि हल सम्म मेरा लागी किन जाने ? Waste of time फिल्मको त के कुरा गर्नु हिट actors हिट movie


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस