भोलीबाट देशै भर ‘नाईं नभन्नू ल ५’

2018/09/10   Tek

यस वर्षकै प्रतिक्षीत चलचित्र ‘नाईं नभन्नू ल ५’ भोली बाट अल नेपाल प्रदर्शनमा  आउदै छ ।  यस अघिका ४ वटा सिक्वेललाई दर्शकले अत्याधिक मन पराएका कारण पनि विकास राज आचार्य उत्साहित देखिन्छन् । चलचित्र बाल कलाकार अनुभव रेग्मीका कारण विशेष बन्दै आएको छ । उनि नाई नभन्नु ल को दोस्रो सिक्वलेबाट चलचित्रमा जोडिएका हुन् ।
 नाई नभन्नु ल को पहिलो सिक्वेल सम्म फर्किएर हेर्ने हो भने चलचित्रले धेरै कलाकार हरुलाई स्थापित गरिसकेको छ । चलचित्रका हरेक सिक्वेलले उत्कृष्ट गीत संगीतका कारण पनि चर्चा बटुल्दै आएको छ ।

चलचित्रमा प्रियंका कार्की, अनुभव रेग्मी, स्वतिमा खड्का, केकी अधिकारी, दिलिप रायमाझी, निरुता सिंह लगायतका कलाकारको अभिनय रहेको छ । बाल कलाकार सेड्रिना शर्मा र नव(नायक अभिषेक नेपालले यसै चलचित्रबाट डेब्यू गर्दैछन् । चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको रहेको छ । चलचित्रको सम्पादन अर्जुन जिसीले गरेका हुन् भने निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् ।
चलचित्रको कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान  र विष्णुमणी दाहाल रहेका छन् । चलचित्रका गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । 
चलचित्रको लेखन विकास राज आचार्य र सामीप्यराज तिमल्सेनाले संयुक्त रुपमा गरेका हुन भने छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । चलचित्र‘नाईं नभन्नू ल ५’ वान टाइम सिनेमाको ब्यानरमा निर्माण गरिएको हो । 
 


ताजा समाचार

म बच्चा सँग कहिल्यै नाच्दिन ......

एकदिनको कुरा हो...राजेन्द्र घरमा बसिरहेको थियो....त्यतीकै पुरा पढ्नुहोस

मयंकसँग ब्रेकअप पछि साम्राज्ञीले पाईन् नयाँ प्रेमी

गफगाफ -  कामसँगै प्रेमका कारण चर्चामा पुरा पढ्नुहोस

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस

एउटा प्रश्न गर्छु....उत्तर दिन सक्छौ...??


गान्टे मुला र फर्सि चैँ एकदिन पार्कमा घुम्न गएछन...उन पुरा पढ्नुहोस