gufgaf

नाजिर हुसेनलाई ज्यान मार्ने धम्की !

2019/03/17   Gufgaf
   

थियटर हुँदै सिनेमामा आएका अभिनेता नाजिर हुसेन यतिबेला चैत्र ८ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘कागजपत्र’को प्रचार प्रसारमा जुटेका छन् । यस अघिको सिनेमा ‘गरुड पुराण’ले खासै राम्रो कारोबार नगरेका कारण पनि नाजिरका लागि यो सिनेमा खास छ । यो सिनेमाले सुखद कारोबार गर्ने आशा नाजिरले राखेका छन् । यस सिनेमामा उनले अभिनेत्री शिल्पा मास्केसँग जोडी बाँधेका छन् । यतिबेला सिनेमाको बारेमा दर्शकलाई जानकारी गराउने हेतुले प्रचार प्रसारमा जुटेका नाजिरले ढुक्क भएर सिनेमाको प्रचार गर्न पाएका छैनन् । उनलाई सिनेमा उद्योग छोडेर नगएको खण्डमा गोली हान्ने धम्की आएको छ । यसरी गोली हान्ने धम्की आएपछि नाजिरले सिनेमाको प्रचार प्रसारमा बाहिर जाँदा अशुरक्षित महसुस गरिरहेका छन् । उनलाई कसैले कतैबाट गोली हानिहाल्ने हो कि भन्ने डर लागिरहन्छ । खासमा नाजिरलाई मुस्लिम भएका कारण यो उद्योग छोडेर जान धम्की आएको हो । यसरी धर्मका आधारमा मुल्याकंन गरेर यस्ता धम्की आउनु अर्थपूर्ण नभएको भन्दै नाजिरले चित्त दुखाए । यसका साथै उनले आफूले लामो संघंर्ष गरेर पाएको अहिलेको स्थान र दर्शकको माया छोडेर कतै जान नसक्ने पनि उल्लेख गरे । उनले आफूलाई कसले धम्की दियो भन्ने बारेमा खुलाएका छैनन् । आफूलाई धम्की आएपछि उनले उजुरी भने गरेका छन् । तर उनलाई नेपालमा साईबर क्राईमका लागि त्यति बलियो कानुन नबनेका कारण उक्त व्यक्तिलाई कारबाही गर्न कठिन हुने चिन्ता छ । बाहिरी देशहरुमा सेलिब्रेटीको नाम प्रयोग गर्न गुगलले नै नदिने व्यवस्था गरिएको तर नेपालको सन्र्दभमा भने सेलिब्रेटीको नामबाट गलत अकाउण्ट बनाएर उसको ईज्जतमा आँच आउने कामहरु भईरहेको र यसले आफ्नो जीवनमा असर गरिरहेको उनले बताए । नाजिरलाई सामाजिक सञ्जालमा धम्कीले भरिएका छाडा कमेन्टहरु पनि आएका छन् । यस्तै यहि सिनेमाकी अभिनेत्री शिल्पा मास्केलाई पनि सामाजिक सञ्जालमा अश्लिल शब्दहरुको प्रयोग गरेर प्रतिकृयाहरु आएका छन् । उनीहरुले कसैले खर्च गरेर आफूहरुलाई फसाउन र तनाव दिन खोजेको हुन सक्ने भन्दै चित्त दुखाए । शिल्पाले नराम्रो कमेन्ट आएपछि अहिले आफ्नो अकाउण्टमा कमेन्ट नै गर्न नमिल्ने बनाएको बताईन् । जे होस यी दुई कलाकारले सिनेमाको प्रचारमा भने कुनै पनि कसर बाँकी राखेका छैनन् । जसरी हुन्छ करिअरमा आईपरेका यस्ता समस्याहरुलाई पार गर्दै उनीहरु यतिबेला सिनेमाको प्रचार प्रसारमा जुटेका छन् । अपिल बिष्टको लेखन तथा निर्देशन रहेको यस सिनेमामा नाजिर र शिल्पाका अलावा भोलाराज सापकोटा, सरीता गिरी पनि मुख्य भूमिकामा छन् ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस