gufgaf

पुजा लाजले भुतुक्कै

2019/03/18   gufgaf
   

यति बेला चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायाँकन भइरहेको छ । निर्देशक सुदर्शन थापा निर्देशित चलचित्र छायांकनमा क्रममा नायिका पुजा शर्माले बलिउड अभिनेता वरुण धवणलाई भेटेकी छन् । वरुणसँग खिचाएको तस्विर पूजाले आफ्नो फेसबुकका साथै इन्स्टाग्राममा समेत पोस्ट गरेकी छन् । फेसबुकमा तस्विर राख्दै पूजाले बलिउड अभिनेता वरुण धवणको प्रशंसा गरेकी छन् । नायिका शर्माले ‘एउटा नम्र र मायालु व्यक्तिसँगको भेट’ भनेर क्याप्सन राखेकी छन् । पूजाको शिरमा वरुणले चुम्बन समेत गरेका छन् । वरुणले चुम्बन गर्दा पुजा निकै लजाएकी छन् । जुन तस्बिर अहिले भाइरल भइरहेको छ । चलचित्र छायांकनका क्रममा पुजा शर्माका साथै अभिनेता आकाश श्रेष्ठ, सोनम थोप्देन लगायतका कलाकारहरु यतिबेला लण्डनमा छन् । फिल्म ‘सम्हालिन्छ कहिले मन’को छायांकन लण्डनमा भैरहेको छ । यस चलचित्र बाट नायिका पुजा शर्माले १५ लाख रुपैयाँ पारिश्रमिक लिएकी छन् । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम थोप्देन, गौरी मल्ल, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । गायक सुगम पोखरेलको स्वरमा सजिएको चर्चित गीत सम्हालिन्छ कहिले मन बाट नै यस चलचित्रको नाम राखिएको हो । यस चलचित्रमा समाबेश गीतमा पनि गायक सुगम पोखरेलकै आवाज रहने बताइएको छ ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस