gufgaf

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

2019/03/18   gufgaf
   

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा आयोजित ‘भ्रष्टाचार विरुद्धको चित्रकला प्रदर्शनी’ सम्पन्न भएको छ । नेपाल आर्ट काउन्सिल बबरमहलमा फागुन २६ देखि शुरु भएको प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरेका थिए । प्रदर्शनीमा ललितकला क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा अन्य गरी ६५ जना कलाकारका कलाकृति राखिएका थिए । कलाकारले एक्रेलिक, वयल, वाटर, चार्कोल र मिक्समिडिया माध्यमको प्रयोग गरेका थिए । प्रदर्शनीमा राखिएका ६५ चित्रकला मध्येबाट कलाकार उद्धवराज रिमाल पहिलो, कृष्ण लामा दोस्रो र साजन ह्यङ्गजु तेस्रो भए । पहिलो, दोस्रो र तेस्रो हुने कलाकारलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपौयाँ पुरस्कार प्रदान गरिएको चित्रकला प्रदर्शनी संयोजक उप प्राध्यापक जस्मिन राजभण्डारीले जानकारी दिए । त्यस्तै, अनिल महर्जन, निरज चित्रकार, लक्ष्मण भुसाल, सविन आचार्य, कमल श्रेष्ठ, विद्यामन तामाङ, रोजन खड्का, विवश राई र कृष्णादेवी महर्जन गरी जम्मा ९ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।


ताजा समाचार
अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस

अलि बुझ्न गाह्रो भयो नेपालीमा भन्न मिल्दैन..??

धनियाँ अङ्ग्रेजी सिक्न भनि गाईछिन त्यतिकैमा एकदिन

फलफुल पसलको साहुजी
पुरा पढ्नुहोस