gufgaf

नेतृ भुसालले जानी नजानी हेरेपछि

2019/03/18   gufgaf
   

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नजानी हेरेकी छिन् । आफ्नै पार्टीको केहि सदस्य सहित उनले फिल्म हेरेकी हुन् । राष्ट्रिय पोशाक ढाका मार्फत युवालाई दायित्व बोध गराउने फिल्मलाई उनले रुचाएकि छिन । फिल्म लभ स्टोरी भएता पनि यसमा राष्ट्रियता र दायित्वलाई प्रस्ट्याईएको छ । फिल्म हेरेपछि उनले उठान गरेको विषयवस्तु मन पराइन । ’फिल्मले ढाकाको विषयलाई उठान गरेको छ, त्यसले नयाँ पुस्तालाइ ढाका बुझाउँछ’ उनले भनिन् ’फिल्म सफा र सरल छ, युवालाई केहि गर्नु पर्छ भन्ने प्रेरणा पनि दिन्छ ।’ फिल्ममा पनि प्रेमकथा मियोको रुपमा रहेको छ तर यसको दाया बायाँ राष्ट्रियता र युवा पुस्ताले लिनुपर्ने जिम्मेवारीका कुरा पनि रहेको लेखक सामिप्य तिमल्सेनाले बताएका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्ममा मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंह, रोशनी केसी, कृष्ण भक्त महर्जन, प्रकाश अधिकारीको अभिनय रहेको छ भने यसै फिल्म मार्फत निरिषा बस्नेतले डेब्यु गरेकी छिन् । उनी पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी हुन् । यसै फिल्म मार्फत धेरै फिल्ममा मुख्य सहायक निर्देशकको अनुभव संगालेका बसन्त अधिकारी यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ती मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस