gufgaf

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

2019/03/18   gufgaf
   

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता राजेश हमाललाई ’ट्रिब्युट’ गर्ने जानकारी गराइएको छ । साधना कला केन्द्रले पत्रकार सम्मेलनको गर्दै ’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ आयोजना गर्न लागिएको जनाएको हो । साधन कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपालमा अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी होस् भनेर जमर्को गरेको बताए । घोषणा कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा , गायक राजेश पायल राई , यम बराल , रवी ओड लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अभिनेता हमालको हिट डायलग र गीतको केहि क्लिप्सलाई देखाइएको थियो । आउँदो वर्ष २०७६ को जेठ महिनामा कार्यक्रमको आयोजना हुने बताइएता पनि डेट भने फिक्स भइसकेको छैन । अभिनेता हमालको फिल्मी यात्रामा अन्य व्यक्तित्वहरु जोडिएको हुनाले उहाहरुसँगको छलफल पछी एउटा डेट फाइनल गरिने अध्यक्ष मोक्तानले बताए । अन्य देशमा गरिने सम्मान देखेर आफ्नो देशका अग्रज कलाकारलाई ट्रिब्युट गर्ने आइडिया फुरेको उनको भनाई थियो । कार्यक्रममा उपस्थित शम्भुजित बास्कोटा, राजेश पायल राई , यम बराल र रवी ओडले पनि यस कार्यको तारिफ गर्दै सफलताको शुभकामन दिए । कार्यक्रमलाई साधना कला केन्द्र र लाइभ नेपालले संयुक्त रुपमा गर्नेछन् । कार्यक्रममा राजेशका हिट गीतहरुका गायक, उनका को–स्टारलाई ट्रिब्युटमा उपस्थित गराउने तयारी भइरहेको आयोजक संस्थाका एक सदस्यले जानकारी दिए ।


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस