gufgaf

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

2019/03/19   Gufgaf
   

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार किनेकी छिन् । उनले भारतीय बजारमा २ करोड देखि साढे २ करोडको हाराहारीमा पर्ने रेन्ज रोभर वोग एस ई किनेकी हुन् । यो रेन्ज रोभरको नयाँ मोडल हो । यस अघि बलिवुडमा  अभिनेत्री आलिया भट्ट,  शाहरुख खान, ज्याकलिन फर्नान्डिज, करीना कपूर र अनुष्का शर्माले पनि रेन्ज रोभर किनिसकेका छन् ।

त्यसो त कारकी सौखिन कटरिनासँग यसका अलावा पनि ३ वटा कार छन् । तर उनलाई रेन्ज रोभर चढ्ने चाहना भएका कारण मोटो रकम खर्चेर उनले यो कार किनेकी हुन् । यस अघि उनीसँग अउडी क्यु ३ छ जसको मुल्य भारतिय बजारमा ४२ लाखसम्म पर्छ ।

कटरिनासँग झण्डै ८० लाखको अउडी क्यु ७ पनि छ । यसका अलावा उनीसँग मर्सिडीज एमएल पनि छ जसको भारतिय मुल्य ५० लाख भन्दा धेरै पर्न आउँछ । कटरिना ले किनेको नयाँ कार रेन्ज रोभर वोग एसई को तस्बिर यतिबेला भाईरल भईरहेको छ ।

कटरिना यतिबेला सिनेमा भारतको छायाकंनमा व्यस्त छन् । यस सिनेमामा उनले अभिनेता सलमान खानसँग काम गरिरहेका कारण यसको छुट्टै किसिमको चर्चा छ ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस