जन्मदै ४ किलोकी दीपा अहिले पनि उस्तै

गफगाफ / निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको आज ४४ औँ जन्मदिन परेको छ । विक्रम सम्वत २०३२ साल भदौ ७ गते कोशी अञ्चल अस्पतालमा उनको जन्म भएको हो । दीपाश्री निरौलाको जन्म प्रसंग निकै नै चाखलाग्दो छ । उनी जन्मेपछि उनकी आमालाई कोशी अञ्चल अस्पतालले पुरस्कृत गरेको थियो । किनभने दीपाश्री जन्मदा ४ किलोकी थिईन् । स्वस्थ छोरी जन्माएका कारण अस्पतालले दीपाकी आमा गंगालाई पुरस्कृत गरेको थियो ।  जन्मदै ४ किलोकी दीपा अहिले पनि उस्तै मोटी छिन् । उनी तौल घटाएर स्लिम बन्ने कुरामा ध्यान दिन्नन् । दर्शकले आफूलाई यहि रुपमा मन पराएका कारण आफू मोटी नै ठिक भएको उनी बताउँछिन् ।

सराद्धमा नाच्न पुग्थिन् दीपा
दीपाको बाल्यकाल विराटनगरमै बित्यो । बाल्यकाल देखि नै नृत्यमा सौखिन थिईन् उनी । गाउँघरमा हुने हरेक कार्यक्रममा नाच्न पुग्थिन् । विवाह पूजामा त दीपा नाच्थिन् नै कहिले काही त नाच्ने रहरले उनी सराद्धमा पनि पुग्थिन् । सायद यहि लगावको प्रतिफलले आज यो ठाउँमा छिन् दीपा । विराटनगर मै हुँदा दीपाले विक्रम सम्वत २०४८ सालमा ‘अग्नीपथ’ नामक टेलिफिल्मबाट कलाकारिताको सुरुवात गरेकी हुन् । 

सानै देखि कलाकार बन्ने सपना बोकेर अघि बढेकी दीपा हिरोईन् बन्नको लागि काठमाण्डौ आएकी थिईन् । हाँस्यकलाकारको रुपमा स्थापित हुनुभन्दा अगाडि उनले केही सिनेमाहरुमा मुख्य अभिनेत्री भएर पनि काम गरेकी छिन् । तर उनको हिरोईन्को करिअर त्यति अगाडि बढेन । २०४९ सालबाट सिनेमामा प्रवेश गरेकी दीपाले नासो, गाउँले, संगीनी, चाँदनी जस्ता सिनेमामा काम गरेकी छिन् । कलाकारितामा संघर्ष गर्दैगर्दा दीपाले रेडियो नेपालमा प्रवेश गरिन् । रेडियो नेपालमा केही नाटकहरु गरेपछि उनले दीपक राज गिरीसँग ‘राम विलास र धनिया’ नामक कार्यक्रम चलाउने अवसर पाईन् । दीपा र दीपकको जोडीको सुरुवात पनि यहि कार्यक्रमबाट भएको थियो । यो कार्यक्रम त्यसताका सर्वाधिक सफल बनेको थियो ।

रेडियो नेपालबाट शुरु भएको यो जोडी पछि गएर ‘तितो सत्य’मा श्रीमान् श्रीमतीको रुपमा देखा पर्यो । ‘तितो सत्य’मा काम गरिसकेपछि उनीहरु देश देखि विदेशका स्टेज कार्यक्रमहरुमा पनि एक साथ देखिए । टेलिफिल्म सँगै कामको सिलसिलामा वास्तविक जीवनमा पनि धेरैजसो एकसाथ हुने भएका कारण उनीहरुलाई धेरैले वास्तविक जोडी पनि भन्ने गर्छन् । अहिले पनि दीपक र दीपाको प्रेम र मित्रता कसैसँग पनि लुकेको छैन । 

भदौसँग दीपाको नाता
विक्रम सम्वत २०४० सालको भदौ ४ गते दीपाले स्टेजमा पाईला टेकेकी थिईन् । उता पछि उनलाई हाँस्य कलाकारको रुपमा स्थापित गाराउने टेलिफिल्म ‘तितो सत्य’को आधिकारिक प्रसारणको शुरुवात पनि  विक्रम सम्वत २०६० सालको भदौ ४ गतेबाटै भएको थियो ।  अनि अर्को कुरा भदौ मै जन्मेकी दीपाको पहिलो निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा’ पनि भदौ २४ गते नै प्रदर्शनमा आएको थियो । यो सिनेमा नेपाली सिनेमाको ईतिहाँसमा सबैभन्दा धेरै कमाउने सिनेमा बन्यो । यस हिसाबले पनि दीपा आफु जन्मेको महिना भदौ आफ्ना लागि निकै लक्की रहेको बताउँछिन् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस