gufgaf

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

2019/03/19   gufgaf
   

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर्माणाधीन रंगशाला बनाउने चटारोले हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई भ्याईनभ्याई छ । यतिबेला धुर्मुस र सुन्तली रंगशालाको काममा ब्यस्त छन् । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण स्थलमा उनीहरु आफैं खटिएर काम गरिरहेका छन् ।

हाल रंगशाला निर्माणको सुरुवाती काम भइरहेको छ । यतिबेला सामान भण्डार गर्ने, भवन, स्टोर र कर्मचारीहरुका लागि आबास निर्माणको काम भइरहेका छ । यसै बिच धुर्मुस सुन्तली दुबै जना बालुवा बोक्ने, मसला बनाउने, जस्तापाता बोक्ने लगायत आइपरेका कामहरुमा उनीहरु आफैं खटिएका छन् । निर्माण स्थललाई जस्ताले घेरिएको छ । अहिले प्रारम्भिक चरणको काम भईरहेको छ ।

धुर्मुस र सुन्तलीले त्यहाँका स्थानियहरुलाई समेत रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सक्ने सहयोग गर्न आग्रह गरिरहेका छन् । निमार्ण स्थलमा त्यहाँका विभिन्न स्थानिय संघ संस्थाले श्रमदान समेत गर्न थालेका छन् । रंगशालाको गुरू योजना र डिजाइनको काम अगाडि बढेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले बताएका छन् । उनका अनुसार अहिलेसम्म करिव साढे पाँच करोड सहयोग संकलन भएको छ ।तीन करोड नेपालीहरुको सहयोगमा नै रंगशाला निर्माण हुने भन्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न धुर्मुसले आग्रह गरका छन् । 
 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस