gufgaf

आँचलले मनाईन् २२ औँ जन्मदिन

2019/03/19   Gufgaf
   

गफगाफ:- अभिनेत्री आँचल शर्माले आज आफ्नो २२ औँ जन्मदिन मनाएकी छिन् । २२ औँ जन्मदिनको अवसरमा उनले मानव आश्रम र स्नेही काखमा गएर सहयोग पनि गरेकी छिन् । जन्मदिनमा केही शुभ काम गर्ने उद्देश्यले आँचलले सामाजिक सहयोग गरेकी हुन् । 

रातको १२ बजेदेखि जन्मदिनको केक काट्न थालेकी आँचलको त्यो क्रम अहिले पनि चलिरहेको छ । विहान मानव आश्रम र स्नेही काखमा गएर सहयोग गरेकी आँचलले दिउँसो भने दाल भात तरकारीको टिम र पत्रकारसामु केक काटिन् । 
यसरी दाल भात तरकारीको टिम र मिडिया सामु जन्मदिन मनाउन पाउकोमा आँचलले खुशी व्यक्त गरिन् ।

महसञ्चारको ब्यानरमा निर्माण भएको सिनेमा ‘दाल भात तरकारी’ वैशाखको  २० गतेबाट रिलिज हुँदैछ । यस सिनेमामा आँचल शर्माले अभिनेता पुष्प खड्कासँग जोडी बाँधेकी छिन् । सिनेमालाई सुदन केसीले निर्देशन गरेका हुन् ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस