gufgaf

होलीमा हेल्मेट लगाएर पुगे आँचल पुष्प

2019/03/21   gufgaf
   

गफगाफ  -  रेडियो अडियो तथा चलचित्र दालभात तरकारीको संयुक्त आयोजनामा आयोजित होली विशेष कार्यक्रममा चलचित्ररहेको थियो । स्टेजमा प्रस्तुती भइरहेको थियो भने प्रस्तुती सँग दर्शक पनि झुमिरहेका थिए । होलीको रमाइलोमा रमाउनेको संख्या अगन्य थियो । त्यस्तै रमाउनका लागि एक जोडि हेल्मेट लाएर कार्यक्रममा आयो । उनीहरु हेल्मेट मिलाउँदै भिंड पन्छाउँदै व्याक स्टेज तिर गए । उनीहरुलाई कसैले वास्ता गरेनन् । दर्शक कायक्रमको प्रस्तुतीमा नै रमाइरहेका थिए । उनीहरु त्यहि हेल्मेटको कारण भिंडमा भिन्न देखिएका थिए । 

त्यो जोडि व्याक स्टेज नपुग्दा सम्म कसैले थाहा पाएन, उनीहरु चलचित्र दाल भात तरकारीका कलाकारहरु आँचल शर्मा र पुष्प खड्का थिए । पुष्प अघि अघि थिए भने आँचल उनको पछि पछि । आँचल सेतो कलरको कुर्ता र रातो कलरको सलवार सँगै रातै कलरको सलमा सजिएकी थिइन् । पुष्प भने सेतो कलरको कमेज र पेन्टमा थिए । उनीहरुलाई हेर्दा लाग्थ्यो उनीहरु मज्जाले होली खेल्ने मुडमा थिए ।

उनीहरु सरासर स्टेजको पाछाडी पट्टि गए र चलचित्र दालभात तरकारी युनिट सँगै कार्यक्रममा उपस्थित विभिन्न व्यक्तित्वहरु सँग होली खेले । पछि उनीहरुले बैशाख २० गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र दाल भात तरकारीको टाइटल गीतमा नृत्य गरे । उनीहरुको नृत्यलाई दर्शकले खुलेर प्रशंसा गरेका थिए । निकै सुन्दर बनेर आएका पुष्प र आँचलको नृत्यमा उपस्थित दर्शकले भरपुर मनोरञ्जन लिएका थिए । 
 


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस