सनी लियोनीसँग फिल्म खेल्न लण्डन उड्दै ‘हैट’

2018/08/23   Tek

बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली सिनेमामा काम गर्ने खबर यतिबेला चर्चामा छ । लण्डनमा छायांकन हुने नेपाली सिनेमा ‘पासवर्ड’का लागि सन्नी लियोनीले २ करोड नेपाली रुपेयाँ पारिश्रमिक लिएको वुझिएको छ ।
बलिउड र नेपाली फिल्मको सहकार्यमा बन्न लागेको यस सिनेमामा सनी लियोनीसँग केही नाम चलेका नेपाली कलाकारहरुले काम गर्नेछन्  भने केही नयाँ कलाकारले ।  
जसमा अभिनेता अनुप विक्रम शाही, विक्की जोशी, नयाँ अभिनेत्रीहरु परी राना, लिसा सुनार, अभिनेत्री छुल्ठिम गुरुङ, कलाकारहरु रविन्द्र झा, प्रविण खतिवडा, बुद्धि तामाङ, विक्रान्त बस्नेत लगायत छन् । यहि सिनेमाको छायाकंनका लागि अभिनेता बुद्धि तामाङ भोलि अर्थात शुक्रबार लण्डन उड्नेछन् ।
यस सिनेमामा सनीसँग अभिनेता अनुप विक्रम शाहीले सबैभन्दा बढी सिन गर्नेछन् । उनी यो सिनेमामा भिलेनको भूमिकामा हुनेछन् ।
अभिनेत्री सन्नी लियोनी पनि सिनेमाको छायाकंनका लागि भारतबाट लण्डन उड्ने तयारीमा छिन् । नेपालका अन्य कलाकारहरु पनि केही दिनमा लण्डन उड्नेछन् । आईतबार देखि छायाकंन हुने यस सिनेमाको छायाकंनका लागि २० जनाको टोली यस अघि नै लण्डन पुगिसकेको छ ।
यो सिनेमा ३० करोडमा बन्ने बताईएको छ । सिनेमाको ९८ प्रतिशत छायाकंन लण्डनमा हुनेछ भने बाँकी छायाकंन नेपालमा गरिने भएको छ ।
सम्राट बस्नेतको निर्देशनमा बन्ने यो सिनेमालाई नेपाली र बलिउड चलचित्र र संस्कृतीलाई एकसाथ जोड्नका लागि निर्माण गर्न लागिएको निर्माण पक्षले बताएको छ । प्राविधिकदेखि सिनेमा छायाकंनका लागि  प्रयोग हुने सबै सामाग्री भारतबाटै लगिने निर्माण पक्षले जनाएको छ । 
 


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस