gufgaf

दिपक र वर्षाको डान्स मुड

2019/03/21   gufgaf
   

गफगाफ  -  विभिन्न सार्वजनिक कार्यक्रममा प्राय कलाकार दिपकराज गिरी र निर्देशक दीपाश्री निरौला नृत्य गरेको देखिन्छ । लामो समय देखिको दिपक दिपाको यो सहकार्यले नेपाली चलचित्र नगरीलाई धेरै सफल चलचित्र दिइसकेको छ । यस पटकको होलीमा पनि उपस्थित दर्शकले दिपाश्री निरौलाको कमी भने पक्कै महशुुस गरे  । 

दिपक राज गिरी धेरै जसो दिपाश्री निरौलाकै साथमा नृत्य प्रस्तुती दिने गर्छन् भने नृत्य पनि उत्तिकै जोडदार हुने गर्छ । तर, यसपटकको होलीमा भने केहि फरक देखियो । अभिनेता दिपकराज गिरीले अभिनेत्री बर्षा राउतसँग नृत्य गरे । सायद धेरै दर्शकले दिपकराज गिरीको त्यस्तो नृत्य चलचित्रमा मात्र देखेका थिए ।

नृत्य गर्दा दिपक निकै रामान्टिक देखिएका थिए भने उनलाई अभिनेत्री वर्षा राउतले पनि उत्तिकै साथ दिएकी थिइन् । उनले रेडियो अडियो र चलचित्र दाल भात तरकारीले आयोजना गरेको होली विशेष कार्यक्रममा अभिनेत्री बर्षा राउतलाई स्टेजमा आफैले बोलाएर नृत्य गरे ।

चलचित्र छक्का पन्जा २ फेरि हलमा लाग्ने भएपछि दिपक यतिबेला यो चलचित्रको प्रचारको क्रममा छन् । चलचित्रमा नयाँ दृश्य थप गरिएको उनले बताइएका छन् । साथै, चलचित्रबाट उठेको रकमको ठूलो हिस्सा रवि लामिछानेले निमार्ण गर्दै गरेको अस्पताललाई दिइने छ । यो कुरा दिपक राज गिरीले होली विशेष कार्यक्रममा पनि बताए । उनले यो कुरा आफ्नो फेसबुक स्टेटसमा पनि लेखेका छन् । 
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस