gufgaf

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

2019/03/22   Gufgaf
   

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन परेको छ । २१ मार्च १९७८ मा मुम्बईमा जन्मेकी रानीले बलिवुडमा सन् १९९७ को सिनेमा ‘राजाकी आएगी बारात’बाट गरेकी हुन् । यो सिनेमा कारोबामा असफल रहेपनि रानीको अभिनेयलाई भने दर्शकले रुचाए । पहिलो सिनेमाको कामबाट प्रशंसा पाएकी रानीका सन् १९९८ मा आएको आमिर खानसँगको सिनेमा गुलाम र शाहरुख खानसँगको सिनेमा ‘कुछ कुछ होता है’ रानीको करियरको टर्निङ पोईन्ट बन्न पुगे ।  यी दुईवटै सिनेमा सुपर हिट भए । सिनेमा ‘कुछ कुछ होता है’ मा उनले गरेको कामबाट सर्वाेत्कृष्ट सह–अभिनेत्री फिल्म फेयर अवार्ड हात पारिन् । रानीले यो सँगै फिल्मी करियरमा बलिवुडको सबैभन्दा ठूलो अवार्ड फिल्मफेयर   विभिन्न विधामा सात पटक हात पारिन् ।

१९९९ देखि सन् २००२ सम्म रानीको फिल्म करियरको कालो समय भनिन्छ । किनभने उनले यो समयमा काम गरेका प्राय सिनेमा असफल रहे । यस क्रममा उनका हेलो ब्रदर,  बादल, हर दिल जो प्यार करेगा, हद कर दी आपने, बिच्छु,  कहि प्यार ना हो जाए, चोरी चोरी चुपके चुपके, बस ईतना ख्वाब है,  प्यार दिवाना होता है, मुझसे दोस्ती करोगे जस्ता सिनेमाहरु प्रदर्शनमा आए तर कारोबारमा सफल रहन सकेनन् । तर  सन् २००२ मा यशराज ब्यानरमा निर्माण भएको सिनेमा ‘साथीया’ उनको ओरालो लागेको करियरलाई माथि उकास्न सहयोग गर्ने सिनेमा बन्यो । यस सिनेमामा उनको र अभिनेता विवेक ओवरोयको केमेष्ट्रिलाई दर्शकले अत्यधिक रुचाए । त्यसपछि सन् २००३ मा अभिनेता शाहरुख खानसँग उनले सिनेमा ‘चलते चलते’ मा काम गर्ने अवसर पाईन् । यो सिनेमा कारोबारमा सुपरहिट साबित भयो ।

सम्बन्धित छवि

अमिताभलाई किस गरेपछि
सन् २००४ पनि रानीको लागि निकै नै विशेष वर्ष रह्यो । यो वर्ष उनका युवा,  हम तुम,  विर जारा जस्ता सिनेमा प्रदर्शनमा आए जो कारोबारमा पनि सफल रहे ।  यी सबै सिनेमामा रानीले फरक फरक किसिमको भूमिका निर्वाह गर्ने अवसर पनि पाईन् । सन् २००५ मा प्रदर्शनमा आएको सिनेमा ‘ब्ल्याक’ रानीको करियरकै सबैभन्दा महत्वपूर्ण सिनेमा साबित भयो । संजय लिला भंसालीको निर्देशनमा बनेको यस सिनेमामा रानीले अभिनेता अमिता बच्चनसँग काम गरेकी थिईन् । सिनेमामा उनले अमिताभ बच्चनलाई किस गरेको कुराले सर्वाधिक चर्चा पाएको थियो । उनले यस सिनेमामा गरेको अभिनयले दर्शकको मन त जित्यो नै, समिक्षकको तारिफ पनि बटुल्यो । 

rani mukharji and  abishekको लागि तस्बिर परिणाम

अभिषेक र गोविन्दासँगको अफेयर
सन् २००५ मा प्रदर्शन भएको सिनेमा ‘बंटी और बबली«’ रानीको करियरकै सुपरहिट सिनेमा थियो । यस सिनेमामा उनले अभिनेता अभिषेक बच्चनसँग स्क्रिन सेयर गरेकी थिईन् । यस सिनेमामा उनीहरुले गरेको काम दर्शकले अत्यधिक रुचाए । सिनेमा सफलताको चर्चासँगै रानी र अभिषेकको अफेयरको चर्चाले पनि बलिवुड ततायो । त्यसताका अभिषेकले रानीसँग विवाह गर्न चाहेको तर आमा जयाले नमानेपछि उनको रानीसँग ब्रेकअप भएको खबर प्रकाशित भएको थियो । अभिषेकसँगै रानीको अभिनेता गोविन्दासँग पनि अफेयर चलेको थियो । त्यसताका गोविन्दा आफ्नो श्रीमती र छोराछोरी छोडेर रानीसँगै बस्न थालेको चर्चा पनि थियो । पछि गोविन्दाकी श्रीमती सुनिताले गोविन्दासँग सम्बन्ध बिच्देछसँगै आधा भन्दा धेरै सम्पक्तिको माग गरेका कारण गोविन्दाले रानीलाई छोडेका थिए ।

rani mukharjiको लागि तस्बिर परिणाम

फेरि लगातार असफल
सन् २००७ देखि २०१० सम्म रानीको करियर मात्रै नभएर व्यक्तिगत जीवन पनि तनावमा रह्यो । एकातिर उनलाई अभिषेक बच्चनले छोडेर गएको पीडा थियो भने अर्कातिर उनका सिनेमाहरु लगातार फ्ल्प भईरहेका थिए । यस क्रममा उनका तारा रम पम, लागा चुनरी मे दाग, थोडा प्यार थोडा म्याजिक, सावरिया, लक बाई चान्स,  दिल बोले हडिप्पा प्रदर्शनमा आए । तर उनका यी सबै सिनेमा कारोबारमा सफल रहन सकेनन् । लगातार सिनेमा फ्ल्प भएपनि रानीले काममा हिम्मत भने हारिनन् । सन् २०११ मा सिनेमा  ‘नो वान किल्ड जेसिका’ प्रदर्शनमा आयो । यो सिनेमाले फेरि एकपटक रानीको करियरलाई राहत दियो । पछि सन् २०१२ मा प्रदर्शन भएको आमिर खानसँगको सिनेमा ‘तलाश’ पनि सफल रह्यो ।

rani mukharji with her doughterको लागि तस्बिर परिणाम
विहेपछिको सफलता
यसैबीच रानीले सन् २०१४ मा निर्माता  आदित्य चोपडासँग विवाह गरिन् । विवाह गरेकै वर्ष सिनेमा ‘मर्दानी’ प्रदर्शनमा आयो यस सिनेमालाई पनि दर्शकले अत्यधिक रुचाए । उनको अभिनयको चौतर्फी तारिफ भयो । सन् २०१५ मा रानी छोरी आदिराकी आमा बनिन् । आमा बनेको चार वर्षपछि रानीले सिनेमा ‘हिचकी’मा काम गरिन् । सन् २०१८ मा प्रदर्शन भएको सिनेमा ‘हिचकी’मा उनी एक टिचर को भूमिकामा थिईन् जो टोरेट सिंड्रोमको रोगी हुन्छे । यसकै कारण उसको प्रोफेशनल लाईफमा कस्तो असर परिरहेको छ भन्ने कुरा सिनेमामा देखाईएको छ ।
कम बजेटमा बनेको यस सिनेमाले ४७ करोडको कारोबार गर्दै सफल सिनेमाको सूचिमा आफ्नो दर्ता गराएको थियो । यसरी रानीको करियरलाई सरसर्ती हेर्दा सफलता र असफलता जीवनमा पालैपालो आउने कुरा हुन् र सफलता र असफलता दुवैसँग हामी जुझ्न सक्नुपर्छ भन्ने ज्ञान लिन सकिन्छ ।


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस