gufgaf

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

2019/03/21   gufgaf
   

गफगाफ  - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्माता तथा कलाकार केशव भट्टराई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्री परिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।बोर्ड अध्यक्ष भएपछि संक्षिप्त प्रतिक्रिया दिंदै भट्टराईले नेपाली चलचित्र क्षेत्रको विकासमा अहोरात्र खटिने प्रतिकृया दिए । उनले आफूले चलचित्र क्षेत्रको विकासका लागि योजना बनाएको र उक्त योजनाका बारेमा पदबहाली गरे पश्चात जानकारी गराउने बताए । 

तत्कालीन अध्यक्ष निकिता पौडेलले केही महिना अगाडि राजिनामा दिएपछि चलचित्र विकास बोर्ड अध्यक्ष पद रिक्त रहेको थियो । नव नियुक्त बोर्ड अध्यक्ष भट्टराई  चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्ष समेत हुन् । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको २ वर्ष सम्म कार्यकाल रहने छ ।  
 


ताजा समाचार
अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस

अलि बुझ्न गाह्रो भयो नेपालीमा भन्न मिल्दैन..??

धनियाँ अङ्ग्रेजी सिक्न भनि गाईछिन त्यतिकैमा एकदिन

फलफुल पसलको साहुजी
पुरा पढ्नुहोस