gufgaf

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

2019/03/22   gufgaf
   

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज बाट २ चलचित्र प्रदर्शनमा आएका छन् – कागजपत्र र प्रेमलिला । चलचित्र कागजपत्रमा अभिनेता नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोेटा लगायतका कलाकारहरुको अभिनय रहेको छ । बैदेशिक रोजगारीका लागि नक्काली विवाह गर्ने विषयमा चलचित्र कागजपत्रको निर्माण गरिएको छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतिमा तयार भएको चलचित्र वल्र्डवाइड फिल्मस र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक तथा लेखक अपिल बिष्टले बताएका छन् । अपिलले यसअघि ‘झुम्की’ निर्देशन गरेका थिए । चलचित्र कागजपत्रको निर्मातामा खिलेन्द्र तिम्लिसना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । त्यस्तै, किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह— निर्माता हुन् । चलचित्र कागजपत्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । 

यस्तै, आजै बाट प्रदर्शनमा आएको अर्को चलचित्र हो प्रेमलिला । भारतबाट नेपाल घुम्न आएका यूवा र नेपाली यूवती विचमा हुने प्रेम र त्यस विचमा आइपर्ने उतारचढावलाई चलचित्र प्रेमलिलाको कथाका रुपमा प्रस्तुत गरिएको छ । चलचित्रमा दीपशिखा खड्का, भारतिय मोडल अलि खान, सुरज तमु, प्रभाकर शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिकामा छन् । चलचित्रको निर्देशन जनक पाण्डेले गरेका हुन् । चलचित्रको कथा चलचित्रकी नायिका दीपशिखाले नै लेखेकी हुन् । उनले यस अघि पनि केहि चलचित्रहरुमा अभिनय गरिसकेकी छन् ।

तर दर्शकले उनलाई चिन्न सकेनन् । सोहि कारण पनि नायिका दीपशिखा आफ्नो डेव्यु चलचित्र प्रमलिला नै भएको बताउँछिन् । यस चलचित्र बाट भने दर्शकको माया पाउने कुरामा विश्वस्त रहेको उनी बताउँछिन् ।
चलचित्रमा दीपशिखाले कपाल मुन्डन गरेकी छिन् । आफ्नो कपाल मुण्डनले चलचित्रलाई विशेष बनाएको र चलचित्र फरक धार बाट निर्माण गरिएको उनको भनाई थियो ।


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस