gufgaf

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

2019/03/22   gufgaf
   

गफगाफ  -  सुपरहिट चलचित्र छक्का पञ्जा २ पुन प्रदर्शनबाट उठेको रकमको ठूलो हिस्सा रवि लामिछानेले निर्माण गर्दै गरेको अस्पताललाई दिइने भएको छ । चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले अफ्नो फेसबुक स्टेटस लेख्दै उक्त कुराको जानकारी गराएका छन् । 

चलचित्रकी निर्देशक दिपाश्री निरौलाका अनुसार चलचित्रमा पहिलेको विषय वस्तुलाई केहि परिमार्जन समेत गरिएको छ । चलचित्र हेरिसक्नु भएको भए पनि पुनः रिलिज हुन लागेको चलचित्रबाट केहि नयाँ विषयबस्तु पाउनु हुने छ । निर्देशक दिपाश्री निरौलाको भनाई थियो । चलचित्र पुन प्रदर्शन गर्ने जानकारी आएपछि दिपक दिपालाई दर्शकहरुले नकरात्मक टिप्पणी गरेका थिए । तर, निर्माता तथा कलाकार दिपक राज गिरीले उक्त रकम समाजसेवामा लगाउने बताएपछि भने उनको यो कामको प्रशंसा भइरहेको छ ।

साथै, चलचित्रमा नयाँ दृश्य देख्न पनि हेर्न पाइने पक्का छ । दिपकराज गिरीले यो कुरा पनि आफ्नो फेसबुक स्टेटसमा लेखेका छन् । उनले चलचित्र प्रदर्शन गरेकै महिना देश विदेशमा रहेका दर्शकहरुलाई चलचित्र हेर्ने वातावरण सृजना गर्ने समेत बताएका छन् । उनको भनाई अनुसार चलचित्र पुनः प्रदर्शन गरे पश्चात भने आईफ्लेक्समा अपलोड गर्ने तयारी गरिएको छ । 

चलचित्र ‘छक्का पन्जा २’ बैशाख १३ गतेबाट पुन प्रदर्शनमा आउने पक्का भएको छ । यस अघि उक्त मितीमा महसञ्चारले निर्माण गरेको चलचित्र दाल भात तरकारी प्रदर्शन गर्ने भनिएको थियो । तर चलचित्र निर्माण युनिटले आफ्नो केहि प्राबिधिक कामका लागी समय अपुग भएका कारण एक हप्ता पछि सार्दै बैशाख २० गतेलाई रिलिज मिती तोकेको छ । सोहि अवसरको फाइदा दिपक दिपाले उठाएका छन् । चलचित्र दाल भात तरकारीको रिलिज मिति सरे पछि वैशाख १३ गते कुनै पनि चलचित्र प्रदर्शनमा आउने निश्चित नभएका कारण चलचित्र छक्का पञ्जा २ लगाउने निर्णय गरेको चलचित्र निर्माण युनिटले बताएको छ ।

यो चलचित्र २०७४ सालको दशैंमा रिलिज भएको थियो । यो चलचित्रलाई धेरै दर्शकहरुले युटुव रिलिजका लागि अनुरोध गरिरहेका थिए । तर निर्माण टिमले युटुव रिलिज भन्दा अघि पुन एक पटक चलचित्र प्रदर्शन गर्ने योजना बनाएको छ । चलचित्र  ‘छक्का पञ्जा २’ को निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, स्वरूप पुरुष ढकाल, बुद्दी तामाङ, स्वस्तिमा खड्का, वर्षा राउतलगायतका कलाकारले अभिनय रहेको छ ।


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस