gufgaf

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

2019/03/22   Gufgaf
   

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । सिनेमाका मुख्य कलाकार अनमोल केसी र सुहाना थापासँगै सलोन बस्नेत र कलाकार रेअर राइलाई फिचर गरिएको लोक लयको ‘परान परान’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो । सार्वजनिक भएको २  घण्टामै यस गीतलाई झण्डै डेढ लाख पटक हेरिएको छ । सार्वजनिक गीतमामा आशिष अविरल र अन्जु पन्तको आवाज रहेको छ भने आनन्द अधिकारीको शब्द, आशिष अबिरलकै संगीत छ ।

गीतको भिडियोमा विवाहमा अनमोल र सुहानासँगै अन्य कलाकारले ठुम्का लगाएका छन् । अभिनेता आमेष भण्डारी बेहुलाको रुपमा देखिएका छन् ।  
यस सिनेमामा  रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल मुख्य भूमिकामा छन् ।  झरना थापा र सुमन पौडेलको कथा रहेको यस सिनेमामा छेतन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेलको पटकथा तथा संवाद छ ।

हिमाल केसीको एक्सन, कविराज गहतराज, रामजी लामिछाने, प्रविण सिंह र राहुल शाहको कोरियोग्राफी रहेको  सिनेमालाई  संजय लामा र सवनम मुखियाले खिचेका हुन् ।  चैत्रको २९ गतेबाट प्रदर्शनमा आउन लागेको यस सिनेमालाई झरना थापाले निर्देशन गरेकी हुन् भने ्सुनिलकुमार थापा सिनेमाका निर्माता हुन् ।  


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस