gufgaf

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

2019/03/22   Gufgaf
   

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिनेमा ‘कागजपत्र’ आज देखि प्रदर्शनमा आएको छ । प्रदर्शन अघि बिहिबार काठमाण्डौको क्युज हलमा सिनेमाको प्रिमियर गरिएको थियो । प्रिमियरमा सिनेमाका मुख्य कलाकार,  पत्रकार र कर्पोरेट क्षेत्रका केही विशेष व्यक्तिहरुको उपस्थिति थियो ।
प्रिमियरमा सिनेमा हेरेका सबैले सिनेमा राम्रो भएको प्रतिकृया दिएका छन् । सिनेमा राम्रो भएको प्रतिकृया पाएपछि नाजिर पनि निकै खुशी देखिए । सिनेमामा नाजिरले गरेको कामको पनि तारिफ भईरहेको छ ।  आफ्नो अभिनयबाट सबैलाई मोहित बनाएका नाजिरलाई आज हामीले पाँच प्रश्न गरेका छौँ ।

तपाईँ के देखि डराउनु हुन्छ ?

मलाई धेरै कुराहरु छैन डर लाग्ने । तर म अलिकति ईमोशनल छु । यो कुरामा डर लाग्छ । अनि पछिल्लो समय मलाई सामाजिक सञ्जालमा आएका नकारात्मक प्रतिकृयाहरुले भने अलि तनाव दिएको छ । तर म कमेन्टबाट डराएकै भने छैन ।

जाँच दिन जाँदा केही लेख्न नसकेको पल छ कि छैन ?
त्यस्तो खासै त छैन । तर म बेहोस भएर भने ढलेको छु । मैले एसएलसी दुईपटक दिनु पर्यो । किनभन्दा मलाई पहिलो पटक एसएलसी हुँदा ठेउला आएको थियो ।  म ज्वरोले गलेको थिएँ । तै पनि मैले एसएलसी परीक्षा भने दिएको थिएँ । तर पास भईन । बिरामी भएकै कारण जाँच दिन जाँदा पटक पटक बेहोस पनि भएको छु त्यो बेला । म पहिलो पटक एसएलसी दिँदा दुईवटा विषयमा फेल भएँ । मैले त्यो समयमा लेखेरै भ्याउँदिनथे । तर मैले दोस्रो पटक चाहि राम्रो गरेँ । पछि ११ कक्षामा चाहि मैले कलेज नै टप गरेको थिएँ । खासमा त्यो पहिलो पटक एसएलसी पास गर्न नपाएको रिसले मैले ११ मा राम्रो गरेको थिएँ ।

तपाईँको पहिलो ब्रेकअप अनुभव कस्तो रह्यो ?

उहाँ विहे गरेर अहिले घर गृहस्थी सम्हालेर बसिरहनु भएको छ । म उहाँको नाम त लिन्न । तर म ब्रेकअप भएको ६ महिना चाहि एकदमै तनावमा थिएँ । कुुनै काममा पनि जाँदिनथे । घरमै बस्ने गर्थे । हुन त हाम्रो दुवैको सहमतीमा हामीले ब्रेकअप गरेका थियौँ । तर त्यसले केहि हदसम्म मलाई तनाव चाहि दिएको थियो । धेरै जसो महिलाहरुले चाहि सेटल्ड भईसकेको मान्छेसँगै विवाह गरेर जीवनको शुरुवात गर्न चाहनहुन्छ । अनि त्यसताका म संघर्ष गरिरहेको थिएँ । यहि कारण पनि हामी अलग भएका हौँ । हामी अलग भएको केही समय पछि उहाँले मलाई फोन गरेर म विहे गर्दैछु, तिमी फेरि मिडियाको मान्छे । अनि हाम्रो नाम जोडेर समाचारहरु आउँदा मेरो सम्बन्धमा असर त पर्ने होईन नि ? भन्दै हुनुहुन्थ्यो । अनि मैले त्यतिबेलै उहाँलाई उहाँको नाम कहिल्यै पनि मिडियामा नल्याउने वाचा गरेको थिएँ । त्यहि भएर म उहाँको नाम त भन्दिन । तर ब्रेकअप हुँदा अलिअलि त मन दुख्ने रहेछ ।


गसिपले दुख दिएको छ कि छैन ?

हालसालै मात्र मलाई ईन्स्टाग्राममा फेक अकाउण्ट बनाएर मलाई गाली गरिरहनु भएको छ ।  तँ आतंकबादी  हो तँलाई हामी मार्न चाहन्छौ भन्दै उहाँहरुले मलाई गाली गरिरहनु भएको छ । उहाँहरुले म मुस्लिम भएको कारण यस्तो गरिरहनु भएको हो । तँ यो सिनेमा उद्योग छोडेर जा हैन भने तँलाई हामी मार्छौँ भनिरहनु भएको छ । नाम र धर्ममा के राखिएको छ र ? मलाई अचम्म लाग्छ यस्तो देख्दा र भोग्नुपर्दा । यसका अलावा मेरो सिनेमा राज्जा रानीको बेलामा अभिनेत्री केकीसँग विवाह भएको खबर छापिएको थियो । खासमा सिनेमामा केकीसँग विवाह भएको थियो त्यसलाई समाचार बनाउँदा उहाँहरुले साँच्चिकै विवाह गरेको जस्तो बनाईदिनु भएको थियो । अनि मलाई त्यो खबर थाहा पाएपछि दाईले मलाई फोन गर्नु भएको थियो । यस बारेमा केकीले भने केही पनि भनिनन् । किनभने उनले पनि यो क्षेत्रलाई राम्ररी बुझिसकेकी छिन् ।


अन्त्यमा एउटा खानेकुराको रेसिपी भन्नुस न त ?

मलाई धेरै परिकारहरु पकाउन आउँछ ।  मेरो लागि सबैभन्दा रोमान्टिक ठाउँ किचेन नै हो । म अहिले तपाईँहरुलाई पालक पनिर बनाउन सिकाउन सक्छु । शुरुमा पालुङगोको साग र पनिर चाहियो । शुुरुमै तपाईँले पालकलाई मिक्स्चरमा मिक्स गरेर राख्नुस । अनि पनिरलाई पनि फ्राई गरेर राख्नुपर्छ ।

अनि मसालाहरुमा गरम मसाला अलिकति, जिरा,  लसुन, प्याज टमाटर, धनियाँ, मेथि अनि खुर्सानी तपाईँले कत्तिको पिरो खानुहुन्छ त्यहि अनुसार ।

शुरुमा तेल तताउने । म चाहि सधैँ वलिभ वेल प्रयोग गर्छु किनकी त्यो अलिकति स्वस्थ पनि हुन्छ । यो अरु भन्दा स्वादिलो पनि हुन्छ  । तताएको तेलमा मेथि पड्काउने, त्यसपछि जिरा अनि खुर्सानी हाल्नुस् ।  तेज पत्ता तपाईँले छुटाउनै नहुने कुरा । तेजपत्तालाई रातो हुनेगरी प्याजसँगै भुट्नु्स् ।

अनि यसमा मसालाको पेस्ट र टमाटर हालेर पकाउनेस् । अनि त्यसलाई मज्जाले पकाएर पेस्ट बनाईसकेपछि पनिर हाल्ने र दुई मिनेट जति पकाउने  । अब पालो पालकको । अघि बनाएर राख्नु भएको पालकको पेस्ट त्यसमा हाल्ने र ५ मिनेट जति पकाउने । अब खानको लागि पालक पनिर तयार हुन्छ ।


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस