gufgaf

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

2019/03/22   gufgaf
   

गफगाफ  - पछिल्लो समय अभिनेत्री श्रद्धा कपूर लगातार तीनवटा सिनेमाको छायाकंनमा व्यस्त  रहिन् । उनी छिट्टै नै सिनेमा स्ट्रिट डान्सर, साहो र छिछोरेमा देखापर्दै छिन् । कामको साथसाथै श्रद्धा यतिबेला  प्रेम जीवनका कारण चर्चामा आएकी छिन् । भारतीय मिडियामा प्रकाशित खबरका अनुसार श्रद्धा यतिबेला फोटोग्राफर रोहन श्रेष्ठसँग अफेयरमा छिन् र उनीहरु विवाहको तयारीमा पनि छन् ।

हुन त केही समय अगाडि मात्रै श्रद्धाले आफू रोहनसँग अफेयरमा रहेको कुरा अस्विकार गरेकी थिईन् । तर अहिले फेरि उनीहरु विवाहको तयारीमा रहेको खबर बाहिरिएको छ । श्रद्धाको विवाहको खबर सार्वजनिक भएको भएता पनि उनी र उनको परिवारले यस विषयमा केही पनि बोलेको छैन ।

रोहन भन्दा पहिले श्रद्धा अभिनेता फरहान अख्तरसँग प्रेममा थिईन् ।  उनी फरहान सँगै बस्न पनि गएकी थिईन् । तर उनका बुवा शक्ति कपूरलाई उक्त सम्बन्ध मन नपरेका कारण उनलाई घर फर्काइएको कुराले एकताका बलिवुडमा चर्चा पाएको थियो ।भारतीय सञ्चार माध्ययमका अनुसार परिवारको दबाबकै कारण श्रद्धाले फरहानलाई छोडेको बताईन्छ । केही समय अघि अभिनेता शक्ति कपूरले छोरी श्रद्धाले अबको एक दुई वर्षमा विवाह गरेको हेर्ने चाहना व्यक्त गरेका थिए । अब हेरौँ बुवाको यो चाहना श्रद्धाले कहिले पुरा गर्छिन् ।
 


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस