gufgaf

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

2019/03/22   gufgaf
   

गफगाफ  - नेपाल चलचित्र कलकार संघको यही चैत्र २३ गते हुने निर्वाचनका लागि कलाकार लय संग्रौला र सरिता लामिछानेले उमेद्वारी घोषणा गरेका छन् । केहि दिन अघि फेसबुक स्टेटस् मार्फत आफ्नो उमेद्वारी घोषणा गरेका लयले प्रेस विज्ञप्ति मार्फत आधाकारिक रुपमा संघको अध्यक्ष पदका लागि उमेद्वारी घोषणा गरेका हुन् । उनले उमेद्वारी घोषणा गरेको प्रेस विज्ञप्तिमा स्वर्गीय रामकेशर बोगटीसँग प्रतिस्पर्धामा अध्यक्ष पदमा पराजित भएको कुरा स्मरण गर्दै बोगटीले राम्रा काम गरेको र उनले अघि सारेका राम्रा कामलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले स्व.रामकेशर बोगटीले अघि सारेको संघको भवन निर्माण कार्य एक वर्ष भित्र पुरा गराई संघलाई भाडा नतिर्ने अवस्थामा पु¥याउने, स्व. रामकेशरले अघि बढाएको कलाकार कल्याणकारी कोषलाई निरन्तरता दिँदै कोष वृद्धि गर्ने बताएका छन् ।कलाकारहरुलाई एकताबद्ध बनाउँदै संघको गरिमा र कलाकारको व्यावसायिकता तर्फ संघले गर्नुपर्ने सबै कार्यका लागि तत्पर रहने संग्रौलाले बताएका छन् ।

यस्तै कलाकार प्राविधिक तथा निर्माताहरुको लगानीलाई सुरक्षित पार्ने अभियानमा अग्रसर रहने, कलाकारहरुलाई विभाजित मानसिकताबाट मुक्त गराई विशुद्ध कलाकार संघ बनाउने, कलकार तथा प्राविधिकहरुको जीवन सुरक्षाका लागि जीवन बीमा योजनालाई सक्रियताका साथ लागु गर्नुका साथै कलाकारहरुको हक हित, सुरक्षा, स्वास्थ्य र ज्येष्ठ कलाकारहरुको जीवन निर्वाहका लागि उचित योजना ल्याउने र योजना कार्यान्वयन गर्न सक्रियतापूर्वक पहल गर्ने संग्रौलाको एजेण्डामा उल्लेख गरिएको छ । 

यस्तै, सोहि पदका लागी कलाकार सरिता लामिछानेले पनि उम्मेदवारी घोषणा गरेकी छिन । लामिछाने नेपाल चलचित्र कलकार संघको महासचिब समेत हुन्करिव बिगत २ दशक देखि चलचित्र क्षेत्रमा सक्रिय लामिछाने यस अघि पनि संघको विभिन्न कार्य समितिमा बस्दै आएकी हुन् । उनी नेपाल चलचित्र कलाकार संघको ३० बर्षे ईतिहासमा पहिलो महिला महासचिब हुन् । कलाकार संघको अध्यक्ष बनेर कलाकारको अधिकारको लागि लड्ने उनको योजना छ । नेपालको परिवेशमा कलाकारिता क्षेत्रमा धेरै चुनौतीहरु छन् । त्यसमा पनि महिलाको केश छुट्टै छ ।

‘अझै पनि नेपाली सामाजमा कलाकरिता क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेको छैन । यी सबै कुराहरुको अध्ययन पश्चात नै मैले अध्यक्षका निम्ति उमेद्धवारी दिने निर्णय गरेकी हँु,’ सरिता लामिछानेको भनाई छ । 
नेपाल चलचित्र कलकार संघका अध्यक्ष रामकेशर बोगटीको रुखले थिचेर मृत्यु भएको थियो । उनको मृत्यु पश्चात कलकार संघको अध्यक्ष पद रिक्त रहँदै आएको छ । 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस