gufgaf

शाहरुखको विरोधमा गरिएको ट्विट लाइक गर्दा फसे करण जोहर

2019/03/24   Gufgaf
   

अभिनेता शाहरुख खान र निर्माता तथा निर्देशक करण जोहर मिल्ने साथी हुन् । उनीहरुको मित्रता कसैसँग पनि लुकेको छैन । तर हालै मात्र करणले शाहरुखको विरुद्धमा गरिएको एउटा ट्विट लाईक गरे जसले उनीहरुको सम्बन्धमा प्रश्न उठेको छ ।

खासमा होलीको अवसर पारेर प्रदर्शनमा आएको अक्षय कुमारको सिनेमा ‘केशरी’ले राम्रो कारोबार गरिरहेको छ । यो सिनेमाले पहिलो दिनमा यो वर्षकै सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राखिसकेको छ । तर यतिबेला यो सिनेमाको तुलना शाहरुख खानको ‘जिरो’सँग गरिएको छ ।

ट्विटरमा शाहरुखको जिरोको पहिलो दिनको कलेक्शन र केशरीको पहिलो दिनको कलेक्शनको तुलना गदै ट्विटर प्रयोगकर्ता मनु यादवले अक्षय कुमारलाई शाहरुखको तुलनामा राम्रो अभिनेता भएको उल्लेख गरेका थिए । यस ट्विटलाई शाहरुखका मिल्ने साथी तथा केशरीमा निर्माता करण जोहरले लाईक गरे । करणले यो ट्विट लाईक गर्ने बित्तिकै शाहरुखका फ्यानले ट्विटरमै करणको विरोध शुरु गरे ।

आफ्नो विरोध गर्दै विभिन्न किसिमका गालीहरु आएपछि करणले उक्त ट्विटलाई करणले अनलाई गरेका थिए । तर उनको अनलाईकले काम गरेन किनभने उनले लाईक गरेको ट्विटको शाहरुखका फ्यानले स्क्रिनशट लिईसकेका थिए ।

आफूले लाईक गरेको एक ट्विटले ठूलो रुप लिने देखेपछि करण जोहरले एक ट्विट गर्दै माफी पनि मागेका छन् । उनले ट्विटमा लेखेका छन्,  ‘अकाउण्टमा केही प्राविधिक समस्या आएको थियो । यहि कारण केही फोटो अपलोड गर्ने क्रममा थाहै नपाई एक ट्विट लाईक हुन पुग्योे । त्यसको लागि म सबैसँग माफी माग्न चाहन्छु ।’

शुक्रबार नै करणले अर्को ट्विट गरेर लेखे, ‘आज ट्विटरमा केही गडबडी भयो अन्यथा दिन फस्ट क्लास रह्यो ।’ करणले यो ट्विटमा केशरीले गरेको सुखद कारोबारको खुशी व्यक्त गरेको बुझ्न सकिन्छ ।

गत वर्षको क्रिसमसमा रिलिज भएको सिनेमा जिरोले अपेक्षाकृत कारोबार गर्न सकेको थिएन । यो वर्षको होलीको अवसर पारेर प्रदर्शनमा आएको सिनेमा केशरीले भने दुई दिनमै ३७ करोड भन्दा माथिको कारोबार गरिसकेको छ ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस