gufgaf

SEE दिइरहेकी करिष्माको स्कुल अनुभव

2019/03/24   gufgaf
   

गफगाफ  - आजबाट शिक्षाको फलामे ढोका मानिने एसईई परिक्षा शुरु भएको छ । एसईई परीक्षामा साधावहार सुन्दरी अभिनेत्री करिष्मा मानन्धर पनि सहभागी भएकी छन् । एसईई को तयारीका लागी भनेर उनि विध्यालयमा भर्ना भएर नियमित कक्षा समेत लिएकी थिइन् । उनी त्रिबेणी पब्लिक बोर्डिङ स्कुलमा कक्षा ८ मा भर्ना भएकी थिइन् ।  सोहि बिद्यालयबाट उनले एसईई को तयारी गरेकी हुन् । 

अभिनेत्री मानन्धरले अध्ययन गरेको त्रिबेणी पब्लिक बोर्डिङ स्कुलको सेन्टर विजय स्मारक माविमा परेको छ । काठमाण्डौको डिल्ली बजारमा रहेको उक्त विद्यालयबाट उनले एसईई दिदै छिन् । करिष्माले कक्षा ७ पढ्दा पढ्दै पढाई बिचैमा छोडेर सिने क्ष्ोत्रमा लागेकी थिइन् । उनी चलचित्र नगरीमा आउँदा मात्र १४ वर्षकी थिइन् । एकपछि अर्को चलचित्रमा प्रशंसा हुन थाले पछि उनले पढाई बिर्सिइन् र चलचित्र क्षेत्रमा नै रमाउन थालिन् । 

चलचित्रमा काम गरिरहँदा उनलाई पढाइको कत्ति पनि आवस्यकता महशुस भएन । उनी सुन्दर, सफल र कुशल अभिनेत्रीको नामले सबै माझ परिचित बन्दै गइन् । उनी लामो समय अमेरिका बसिन् । अमेरिकामा रहँदा सम्म पनि उनलाई पढाईले बाधा गरेको थिएन । अमेरिकाको लामो बसाई पछि उनी नेपाल फर्किइन् । नेपाल फर्किए पछि भने उनी राजनिति तर्फ आकिर्षित भइन् । उनी डाक्टर बाबुराम भट्टराईको नायाँ शक्ति पार्टिमा आबद्ध भइन् । त्यसपछि भने उनलाई पढाई खड्कीन थाल्यो । पढाईलाई उमेरले छेक्दैन भने जस्तैे उनलाई पनि उमेरले रोकेन । उनी कक्षा ८ बाट आफ्नो अध्ययनलाई अघि बढाइन् । विद्यालय त नियमित जान्थिन् नै त्येस सँगै एकाउन्ट र गणित विषयको टिउसन समेत पढ्न थालिन् । 

एस इ इ कै लागि उनले निकै मेहेनत गरेकी छन् । धेरै कुरा त्यागेकी छिन् । हरेक वर्षको होलीमा उनि आफ्नै घरमा साथीसंगी सहित विभिन्न पत्रकारहरुलाई डाकेर रमाइलो गर्ने गर्थिन । तर, यस वर्ष भने एसईई दिने भएकोले कसैलाई डाकिनन् । धेरैले उनलाई फोन समेत गरे उनका कतिपय शुभ चिन्तक त उनको घरमै पुगेर फर्किए ।   विद्यालय भर्ना भएको शुरुवाति दिन करिष्माको लागि सहज थिएनन् । आफ्ना छोरी समान साथीहरुसँगै बसेर पढ्नु पर्दा उनीहरुसँग घुलमिल हुन निकै गाह्रो भयो । सबै जनाले धेरै बेर हेरिरहन्थे । तर, बिस्तारै उनले सबै कुरा स्वीकारिन् ।

आफूलाई सहज बनाइन् । ‘लक्ष्य लिए पछि असम्भव भन्ने के नै हुन्छ र’ उनी भन्छिन् ।  यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । एसईई परीक्षामा सहभागी परीक्षार्थी मध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । सबै विद्यार्थीलाई हाम्रो शुभकामना । 
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस