gufgaf

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

2019/03/24   gufgaf
   

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर्षको अबसर पारेर देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘लभ स्टेशन’का तर्फबाट अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले ४५ जना अनाथ बालबालिकालाई नीजि बिद्यालयमा पढाउँदा लाग्ने भर्ना सहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका छन् ।काठमाडौंको गोकर्ण स्थित संयुक्त एकता अपाङ्ग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई यही बैशाखबाट बिद्यालय भर्ना सहित तीन महिनाको लागि शुल्क बापतको एक मुस्ठ रकम शनिबार बिहान प्रदान गरिएको छ । 

अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले शनिबार बिहान उक्त अपाङ्ग आवाज केन्द्रमा पुगेर विद्यार्थीहरुका लागि अध्ययन खर्च प्रदान गरेका हुन् । विद्यार्थीहरुलाई भर्ना सहित तीन महिनाको शुल्क प्रदान गर्नुको कारणबारे अभिनेता प्रदीपले भने,‘कलाकारको दायित्व भनेको अभिनय मात्र नभएर समाजसेवा पनि हो । प्रधानमन्त्री, विभिन्न मन्त्री तथा अन्य पेशाका व्यक्तिहरुले विधार्थीहरुको अध्ययन खर्चा जिम्मा लिएर अध्ययनमा प्रेरित गरिरहेको बेला हाम्रो पनि दायित्व हुन आउँछ भनेरै आज हामीले यहाँ रहेका ४५ बालबालिकालाई स्कुल भर्ना सहित तीन महिनाको शुल्क पनि एक मुस्ठ बुझाएका हौं ।’

बाँकी शुल्कबारे प्रदीपले भने,‘अहिले चलचित्र लभ स्टेशनका तर्फबाट हामीले यो सहयोग गरेको हौं । यसपछिको लागि अन्य प्रोजेक्टबाट फेरि सहयोग गर्नेछौं र अरुबाट पनि सहयोग मिल्ने आशा हाम्रो छ ।’ लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीले बिगतमा पनि यहाँ रहेका बालबालिकालाई सहयोग गरेको बताउँदै लभ स्टेशनका तर्फबाट सामाजिक उत्तरदायित्व स्वरुप ४५ जना विद्यार्थीको तीन महिनाको पढाई खर्च व्यहोरेको बताए । करेन्टबाट दुबै हात गुमाएकी मेघा घिमिरेलाई पनि यस अघि पनि आफूले एक लाख रुपैयाँ लभ स्टेशनका तर्फबाट प्रदान गरेको प्रस्तुतकर्ता शाहीले जानकारी गराए । 

उक्त अपाङ्ग केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले करिब एक लाख रुपैयाँ हुन आउने सो खर्चमा सहयोग गरेकोमा धन्यबाद प्रदान गर्दै यस्तो सहयोगको आशा अरुसँग पनि गरिएको बताए । गत हप्ता अभिनेता प्रदीप खड्काको जन्म दिन मनाईएको भए पनि उनका प्रशंसक ‘प्रदीप खड्का फ्यान परिवार’ले सोही कार्यक्रममा केक काटेर फेरि अभिनेता खड्काको जन्मदिन मनाए । चलचित्र लभ स्टेशनलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

जसमा अभिनता प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।चलचित्रमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । 
 
 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस