gufgaf

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

2019/03/24   gufgaf
   

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गरेका चलचित्र हुन् ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’ । यी दुबै चलचित्र २०७६ जेठ ३ गतेबाट एकैसाथ प्रदर्शनमा आउने तयारीमा छन् । चलचित्र ‘वीरविक्रम २’ मिलन चाम्सको निर्माण तथा निर्देशनमा निर्माण भएको हो । यो चलचित्र वीर विक्रमको सिक्वेलका रुपमा निर्माण गरिएको हो । यतिबोला चलचित्रको डविङ कार्य भइरहेको छ । सुरुमा चलचित्र ‘वीरविक्रम २’ मा अभिनेता अभिनेता आकाश श्रेष्ठ फाइनल भएका थिए ।  तर, छायांकन सुरुवातको अन्तिम समयमा नायक आकाश श्रेष्ठले चलचित्रबाट हात झिकेका थिए । उनले आफ्ना हजुरबुबा बिरामी परेका कारण चलचित्रबाट हात झिक्नु परेको बताएका थिए । अभिनेता श्रेष्ठले हात झिके पश्चात चलचित्रका निम्ति अभिनेता पल शाहलाई अफर गरिएको थियो । 

चलचित्रको एक गीत सार्वजनिक भइसकेको छ । चलचित्र ‘देउता’ मा उक्त गीत इन्द्रजित मिजार र भारती घिमिरेले गाएका थिए । यता चलचित्र ‘वीरविक्रम २’ मा भने सोहि गीतलाई ताराप्रकाश लिम्बु र मेलिना राईले गाएका छन् । कुशुम गजमेर र तुलसी घिमिरेको शब्द रचना रहेको गीतमा रञ्जित गजमेरले संगीत छ । पुरानो गीतमा  अभिनेता राजेश हमाल र अभिनेत्री सृजना बस्नेतले अभिनय गरेका थिए भने गीतको रिमेकमा नायक पल शाह, नाजिर हुसेन र नायिका वर्षा शिवाकोटीले अभिनय गरेका छन् । भिडियो मुस्ताङ र मनाङमा  खिचिएको हो । 

चलचित्र  ‘वीरविक्रम २’ मा पल नाजिर र वर्षाको अलावा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु लगायतको अभिनय रहेको छ । चलचित्रमा हिमाल केसीको द्वन्द्व प्रदीप भारद्धाजको कथा रहेको छ । अपर्ण सापकोटा चलचित्रको सह–निर्माताको रुपमा रहेका छन् । चलचित्र सुदीप बरालले खिचेका हुन् । चलचित्र जात्रै जात्रा पनि सोहि दिनबाट प्रदर्शनमा आउने पक्का भएको छ । यो चलचित्र पनि जात्राको सिक्वेलका रुपमा निर्माण गरिएको हो । सुरुमा यो चलचित्र फाल्गुण १७ गते प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, चलचित्रका मुख्य कलाकार विपिन कार्की मोटरसाइकल दुर्घटनामा परे पछि चलचित्रको छायांकन प्रभावित भएको थियो ।  

चलचित्र जात्रै जात्राको टिजर सार्वजनिक भइसकेको छ । टिजरलाई दर्शकले रुचाएका छन् । जात्रै जात्राको टिजरमा अभिनेता दयाहाङ राइको इन्ट्रिले चलचित्रलाई थप रोचक बनाएको छ । चलचित्रको निर्देशन प्रदिप भट्टराइले गरेका हुन् । चलचित्रमा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा लागायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रमा मेहेनत बिना आइपरेको धन पचाउन गर्नुपरेको संघर्षको कथा प्रस्तुत गरिएको छ । 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस