gufgaf

एउटै फिल्मको २४ करोड लिँदै कंगना

2019/03/25   gufgaf
   

गफगाफ -  अभिनेत्री कंगना रनावतले २३ मार्चमा ३२ औँ जन्मदिन मनाएकी छिन् । कंगनाले ३२ औँ जन्मदिनको अवसर पारेर जयलिलाको बायोपिक गर्ने घोषणा गरेकी छिन् । उनले यो सिनेमामा काम गरे बापत २४ करोड पारिश्रमिक लिँदै छिन् । यो सँगै कंगना बलिवुडकै महंगी अभिनेत्री पनि बनेकी छिन् ।  तमिल र हिंदी भाषामा बन्ने यस सिनेमाका लागि निर्माताले कंगनालाई पूर्ण रुपमा विश्वास गरेर निर्धक्कका साथ यति धेरै लगानी गरेका हुन् । यस अघि कंगनाको पारिश्रमिक ११ करोड थियो । तर सिनेमा रंगुन र  सिमरन फ्ल्प भएपछि उनले पारिश्रमिक घटाएकी थिईन् ।

फेरि सिनेमा मणिकर्णिकाको सफलता पछि उनको पारिश्रमिक बढेको छ ।  एउटै सिनेमाको लागि कुनै अभिनेत्रीलाई २४ करोड पारिश्रमिक दिईएको यो बलिवुडमै पहिलो पटक हो । यस अघि अभिनेत्री दीपिका पादुकोणलाई सिनेमा पद्मावतका लागि १३ करोड पारिश्रमिक दिईएको थियो । त्यस्तै सिनेमा विरे दि वेडिङमा अभिनेत्री करिना कपूरलाई ७ करोड पारिश्रमिक दिईएको थियो । तर करिनाले पनि अहिले आफ्नो पारिश्रमिक बढाएर १० करोड पुर्याएकी छिन् ।

हलिवुड र बलिवुडमा काम गर्ने  अभिनेत्री प्रियंका चोपडाले पनि बलिवुडबाट ६ करोड भन्दा धेरै पारिश्रमिक पाएकी छैनन् ।कंगनाले यस सिनेमाको बारेमा बोल्दै लामो समय देखि राम्रो सिनेमाको प्रतिक्षा गरिरहेको र यस सिनेमाको कथा मन परेका कारण आफू काम गर्न तयार भएको उल्लेख गरेकी छिन् । जयलिला र आफ्नो कथा केही हदसम्म मिल्ने भन्दै उनले जयलिला जस्तो शक्तिशाली महिलाको बायोपिकमा काम गर्न पाउँदा आफू निकै खुशी भएको बताईन् ।

कंगना भन्दा पहिले यो सिनेमाका लागि विद्या बालन र ऐश्वर्य रायलाई प्रस्ताव गरिएको थियो । सिनेमाको कथा बाहुबली र मणिकर्णिका जस्ता सफल सिनेमाको कथा लेखिसकेका केवि विजयेन्द्र प्रसादले लेखेका हुन् । सिनेमालाई एलएल विजयले निर्देशन गर्ने भएका छन् । सिनेमाको  तमिल भाषामा पुरात्चि थलाईची र हिन्दीमा जया नाम राखिनेछ ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस