gufgaf

सिक्वेलको लहर

2019/03/26   gufgaf
   

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र नगरीमा चलचित्रको सिक्वेल बनाउने क्रम बढिरहेको छ । सफल चलचित्रहरुको सिक्वेल त बनेका छन् नै सँगै ति सँगै अपेक्षाकृत प्रदर्शन गर्न नसेकेका चलचित्रहरुले पनि धमाधम सिक्वेलको घोषणा गर्ने गरेका छन् । हुन त एउटा असफल भयो भन्दैमा सबै असफल हुन्छ भन्ने हैन तर असफल चलचित्रको सिक्वेल हेर्नलाई दर्शक कसरी प्रेरित होलान ?नेपाली चलचित्र नगरीमा सबैभन्दा धेरै सिक्वेल बनेको चलचित्र हो नाइ नभन्नु ल  । विकासराज आचार्यको चलचित्र नाई नभन्नु ल को ५ सिक्वेल निर्माण भइसकेको छ ।

हरेक सिक्वेललाई दर्शकले रुचाउने गरेका छन् । धेरैले निर्देशक विकास राज आचार्यलाई अन्य नाम राखे असफल हुन्छु भन्ने डरले त्यहि नाम राखेको आरोप समेत लगाएका थिए । त्यसैले पनि होल यति बोल निर्देशक विकास राज आचार्य नाई नभन्नु ल को सिरिजलाई केहि पर सार्दै चलचित्र हजार जुनी सम्म नामक चलचित्र निर्माणमा होमिएका छन् । यस चलचित्रको छायांकन सम्पन्न भइसकेको छ । अहिले नाई नभन्नु ल को सिरिजलाई केहि पर सारे पनि  अझै केहि सिक्वेल निर्माण भने गर्ने निर्देशक आचार्यको योजना छ । उनले बाल कलाकार अनुभव रेग्मीलाई अभिनेताका रुपमा प्रस्तुत गरे पछि बल्ल सिरिजको अन्त्य गर्ने प्रतिकृया समेत दिएसकेका छन् । 

यस्तै दोस्रो धेरै सिक्वेल निर्माण भएको चलचित्र हो छक्का पञ्जा । हाल सम्ममा छक्का पञ्जाका ३ वटा सिक्वेल निर्माण भएका छन् । दिपक राज गिरी, दिपाश्री निरौला,जितु नेपाल र केदार घिमिरेको सहकार्यमा निर्माण हुने गरेको यस चलचित्रको हरेक सिक्वेलले एक पछि अर्को रेकर्ड राख्न सफल भएका छन् । नेपाली चलचित्र नगरीको इतिहासमा २० करोड माथीको व्यापार गर्न सम्भव छ भन्ने उदाहरण पनि आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको चलचित्र छक्का पञ्जाले प्रस्तुत गरिसकेको छ । यो चलचित्र निर्माण युनिट पनि अब केहि समय छक्का पञ्जा बाट भने बिस्राम लिने तयारीमा छ । दिपक दिपा यतिबेला अर्को चलचित्र निर्माणको गृहकार्यमा छन् । अब बन्ने चलचित्रलाई भने निर्देशक दिपेन्द्र लामाले निर्देशन गर्ने सहमती भइसेको छ । यतिबेला चलचित्रको कथामा काम भइरहेको छ । चलचित्रको नाम के रहन्छ भन्ने कुराको टुङ्गो भने अहिले नै भएको छैन । 

चलचित्र ए मेरो हजुर पनि सिक्वेल निर्माणमा भाग्यमानी साबित हुदै आएको छ । यसका २ वटा सिक्वेललाई दर्शकले रुचाएका छन् । यो चलचित्रको तेस्रो सिक्वेल पनि निर्माण भइसकेको छ । तर, तेस्रो सिक्वेलको प्रदर्शन भने भएको छैन । यो चलचित्र आउने चैत्र २९ गते बाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र ए मेरो हजुर ३ लाई पनि यस बर्षको अपेक्षित चलचित्रका रुपमा हेरिएको छ । चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । 

यस्तै सिक्वेलमा सफल मानिएको चलचित्र हो प्रेमगीत । चलचित्र प्रेमगीतमा अभिनेता प्रदिप खड्का र अभिनेत्री पुजा शर्माको जोडीलाई दर्शकले रुचाएका थिए । चलचित्रको प्रदर्शन सँगै प्रदिप र पुजा बिच मनमुटाभ भयो । अन्तत उनिहरु एउटै चलचित्रमा काम नगर्ने भए । निर्माता सन्तोष सेनले अभिनेता प्रदिप खड्कालाई लिएर चलचित्रको दस्रो सिक्वेल निर्माण गरे । दोस्रो सिक्वेललाई पनि दर्शकले रुचाए । अब यो युनिट पुन चलचित्रको तेस्रो सिक्वेलको तयारीमा जुटेको छ । चलचित्रको तेस्रो सिक्वेलमा पनि अभिनेता प्रदिप खड्का नै रहने बताइएको छ । 

चलचित्र कबड्डीको तेस्रो सिक्वेल निर्माण हुने पक्का भइसकेको छ । यस चलचित्रमा पनि अभिनेता प्रदिप खड्काको नाम जोडिएको छ । चलचित्र कबड्डीको तेस्रो सिक्वेललाई पनि अपेक्षित चलचित्रका रुपमा हेरिएको छ । यस अघिका दुइ वटै भागलाई दर्शकले रुचाएका छन् । 

नेपाली चलचित्र नगरीमा एक पछि अर्को चलचित्रको सिक्वेल निर्माण गर्ने क्रम मौलाउदै गएको छ । धेरै चलचित्र छन जसले सिक्वेल निर्माण गरिसकेका छन् । दर्शकलाई अघिल्लो चलचित्र स्मरण गराउन र त्यहि टिमले  निर्माण गरेको चलचित्र हो भनेर थाहा दिनका लागी पनि सिक्वेलले महत्वपुर्ण भुमिका निर्वाह गर्छ । चलचित्र कुस्सुमे रुमाल,पापी मान्छे,होस्टल, सायद, लुट लगायत अन्य धेरै चलचित्र छन्, जस्का सिक्वेल निर्माण भएका छन् । यस्तै चलचित्र बिर बिक्रम,जात्रा,बब्बी लगायतका चलचित्रको सिक्वेल यतिबेला धमाधम निर्माण भइरहेको छ । पछिल्लो समय पुरानो चलचित्रको सिक्वेल घोषणा पनि धमाधम भइरहेका छन् । चलचित्र मेरो एउटा साथी छ,भैरव,भैरे, लप्पन छप्पन लगायतका चलचित्रहरुको सिक्वेल निर्माणको घोषणा भइसकेको छ । 
 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस