gufgaf

चलचित्र क्षेत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

2019/03/26   gufgaf
   

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका केशव भट्टराईले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष भट्टराईले फिल्म क्षेत्रलाई असर पर्ने कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले बोर्डमा आफू राजनीतिक कार्यकर्ताको रुपमा नभई सिङ्गो चलचित्र नगरीको अविभावक भएर जिम्मेरी बहन गर्ने बताए ।

नेपाली फिल्म क्षेत्रका कुनै पनि संघ संस्था माथि आफ्नो हस्तक्षेप नरहने उनले स्पष्ट पारे । चलचित्र विकास बोर्डमा अड्िकएर बसेको राष्ट्रिय चलचित्र नीति पूर्ण रुपमा कार्यान्वयन गर्न कठिबद्ध भएर लाग्ने बताउँदै उनले राष्ट्रिय चलचित्र नीति २०७१ पारित गर्न पहल गर्ने बचन दिए । उनले २ वर्षदेखि अडिएर रहेको राष्ट्रिय चलचित्र पुरस्कार पनि चाँडै प्रदान गरिने पनि बताए । 

उनले चलचित्र निर्देशक, निर्माता, हल सञ्चालक, वितरक लगायत चलचित्र क्षेत्रका सबैलाई बक्स अफिसले बेफाइदा नगर्ने बताउँदै बक्स अफिस लागु गर्न सहयोग गर्न अनुरोध गरे । पदभार ग्रहण गरे लगत्तै उनलाई बधाई तथा शुभकामना दिन दर्जनौं फिल्मकर्मीहरु चलचित्र विकास बोर्डको कार्यलयमा पुगेका थिए ।
 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस