gufgaf

सामाजिक सेवामा मिलन

2019/03/26   gufgaf
   

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले यहि चैत १६ गते मिरा साँझ आयोजना गर्ने भएको छ । सुनसरीको शहिद स्मृति आवासीय विद्यालयको सहयोगको लागि गायिका मिलन नेवार र गायक राजन राज शिवाकोटीको संयुक्त साँझ बेलायतको विभिन्न स्थानमा अयोजना गरिने भएको हो ।  विद्यालयले गायिका नेवार र गायक शिवाकोटीलाई सद्भावना दुत समेत तोकेको छ ।

गायिका मिलनले केही समय अगाडि आफ्नो एल्बम विमोचनका क्रममा सामाजिक सेवाको औपचारिक सुरुवात गर्दै मिलन च्यारीटी फाउण्डेसनुको घोषणा गरेकी थिईन् । फाउण्डेसनको पहिलो कार्यक्रम अन्तर्गत आगामी २० मार्चमा युकेमा मिरा साँझ आयोजना गरिएको नेवारले जानकारी दिईन् ।अग्रगामी समुह बेलायत, आदिबासी चलचित्र महासंघ बेलायत र मिलन च्यारिटी फाउण्डेसनको संयुक्त आयोजनामा हुने साँझको संकलित रकम विद्यालयका बालबालिकाको अध्ययनका लागि खर्च हुने छ ।

शहिद तथा बेपत्ता परिवारका बिद्यार्थी लक्षित गरेर २०६६ सालमा स्थापना भएको बिद्यालयमा ४ सय असहाय बिद्यार्थीहरुले सहुलियतमा अध्ययन गरिरहेका छन् । गायिका मिलन नेवारले ईटहरी उपमहानगरपालीका २५ भवानीपुरमा रहेको यो बिद्यालयमा नियमित सहयोग गर्दै आएकी छन् ।
 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस