gufgaf

कस्लाई रोज्लान दर्शकले ?

2019/03/26   gufgaf
   

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ गते बाट अल नेपाल प्रदर्शको तयरीमा रहेका छन् चलचित्र शुभलभ र चलचित्र साईली । चलचित्र शुभ लभ युवा ज्योतिष हरिहर अधिकारीका कारण चर्चामा छ । यस्तै चलचित्र साईली गायक हेमन्त रानाको सुपरहिट गीतका कारण चर्चामा छ ।चलचित्र शुभ लभलाई निर्देशक सन्तोषबाबु लोहोनीले निर्देशन गरेका हुन् । चलचित्रका २ वटा गीतलाई दर्शकले रुचाएका छन् । चलचित्रको टे«लरलाई पनि सकारात्मक टिप्पणी आइरहेका छन् । चलचित्र शुभलभमा अधिकांश नयाँ कलाकारहरुको बाहुल्यता रहेको छ ।

चलचित्रमा युवा ज्योतिष हरिहर अधिकारी सँगै कृष्टीन पौडेल, राजा राजेन्द्र पोखरेल, डाक्टर सुर्या थापा, नम्रता सिमखडा लगायतको अभिनय रहेको छ भने सरोज खनाल, राजारम पौडेल, रबिन्द्र झा लगायतका कलाकारहरुको अभिनयले चलचित्रलाई थप मझबुत बनाएको छ । चलचित्रको कथा युवा ज्योतिष हरिहर अधिकारीले नै लेखेका हुन् । चलचित्र ‘शुभ लभ’ का प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको चलचित्र ‘शुभ लभ’ मा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा  निर्माण भएको चलचित्रमा हरिहर ज्योतिषकै भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।


यस्तै सोहि दिनबाट प्रदर्शनमा आउने पक्का भएको अर्को चलचित्र हो साईली । पैसाको अभावले परिवारमा आउने उतार चढावको कथा चलचित्र साईलीले उठान गरेको छ । गायक हेमन्त रानाको सुपरहिट गीत ‘साइँली’को नाम सापटी लिएर चलचित्रको निर्माण गरिएको हो ।चलचित्रले बैदेशीक रोजगारीको कथा प्रस्तुत गरेको छ । ‘साइँली’को निर्देशन निर्देशक रामबाबु गुरुङले गरेका हुन् । चलचित्रको निर्माण भने गायक हेमन्त राना र गौरव पहारीले संयुक्त रुपमा गरेका हुन् ।

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राईका साथै माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ । चलचित्र ‘साइँली’को कथा गीतको भिडियोमा देखाइएको कथा भन्दा केही फरक भएको बताइएको छ । विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको चलचित्रमा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत रहेको छ । चलचित्रमा शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।


ताजा समाचार
अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस

अलि बुझ्न गाह्रो भयो नेपालीमा भन्न मिल्दैन..??

धनियाँ अङ्ग्रेजी सिक्न भनि गाईछिन त्यतिकैमा एकदिन

फलफुल पसलको साहुजी
पुरा पढ्नुहोस