gufgaf

किशोरावस्थाका ५ विशेषताहरु 

2019/03/26   gufgaf
   

किशोरावस्थाको शुरुवात केटीहरुमा १० वर्ष देखि र केटाहरुमा १२ वर्षको उमेरमा हुने गर्छ । यसको पूर्णता केटीहरुमा १८ वर्षमा र केटाहरुमा सामान्यतया २० वर्षको उमेरमा हन्छ । १० देखि १४ वर्षसम्मको उमेरलाई प्रारम्भिक किशोरावस्थामा लिइन्छ । यो उमेरमा शारीरिक बृद्धिको तुलनामा यौन अंगको परिपक्वता कम नै हुन्छ । 

किशोरावस्थाका आफ्नै विशेषताहरु छन्, जुन सबै किशोरकिशोरी साथीहरुले बुझ्न आवश्यक छ । 

१) यो मानव जीवनको विभिन्न अवस्थाहरु मध्ये महत्वपूर्ण अवस्था हो । 
सबै अवस्थाहरु आफैंमा एकदमै महत्वपूर्ण हुन्छन् । तर, यस अवस्थामा विकास र बृद्धि बृहत् रुपमा देखापर्ने भएकाले यसलाई भएकोले यसलाई विशेष महत्व दिइएको छ । यस अवस्थामा शारीरिक बृद्धि र विकासका साथै मानसिक विकास पनि द्रुत गतिमा हुन्छ । मानसिक विकासले मानसिक समायोजन गर्ने काममा ठूलो मद्दत पुर्याएको हुन्छ । 

२) यो अवस्था परिवर्तनको अवस्था हो । 
यो अवस्थामा मानसिक, शारीरिक, संवेगात्मक आदि परिवर्तनहरु आउने गर्दछन्, जसले गर्दा व्यक्तिले कतिपय परिर्वनलाई आत्मसात गर्न नसकि अन्यौलको अनुभव गर्दछन् । 

३) किशोरावस्था समस्याले भरिएको अवस्था हो । 
यो अवस्था केटाकेटी दुवैका लागि समस्याले भरिएको अवस्था हो । सानोबेला सबै समस्याहरु आमाबुवा, गुरुआमा, दाज, दिदीले समाधान गरिदिन्थे । अब आफैंले सबै समस्या समाधान गर्नुपर्ने हुन्छ । अर्कोतिर अरुको हस्तक्षेप पनि उनीहरु रुचाउँदैनन् । तर, आफ्नो अनुभवको कमीले गर्दा उनीहरु असमञ्जसमा पर्ने गर्दछन् । 

४) किशोरावस्था संक्रमणकालीन अवस्था हो । 
यो अवस्था बाल्यावस्था र वयस्क अवस्थालाई जोड्ने अवस्था हो । यो अवस्थामा व्यक्ति अलि असमञ्जसमा परेको हुन्छ । न त ऊ ठूलो हुन्छ, न त सानो हुन्छ । 

५) किशोरावस्था अप्राकृतिक÷बनावटी अवस्था हो । 
यस अवस्थामा किशोरकिशोरीले संसार एकदमै रमाइलो हुन्छ भनि सोच्दछन् । जहाँ जे पनि सजिलै पाउन सकिन्छ भन्ने धारण उनीहरुको हुन्छ । उनीहरु संसारलाई ुच्यकभ त्ष्तभभ िन्बिककु भित्र हेर्दछन् र मुग्ध हुन्छन् । अर्थात, उनी यथार्थबाट टाढा हुन्छन् । 


 


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस