स्वस्तीमाले नभ्याउँदा साम्राज्ञी

2018/09/10   Tek

गफगाफ  / अभिनेत्री स्वस्तीमा खड्का यतिबेला सिनेमा ‘बुलबुल’को छायाकंनमा व्यस्त  छिन् । यस सिनेमामा उनी टेम्पु चालकको भूमिकामा प्रस्तुत हुँदैछिन् । 
३० दिनको शेड्युलमा शुरु भएको ‘बुलबुल’को छायाकंन १५ दिन भईसकेको छ । १५ दिनको काम हेर्दा यो सिनेमाको छायाकंन तोकिएको समय भन्दा पहिले नै  सकिने संकेत देखिएको निर्माण पक्षले जनाएको छ । 
स्वस्तीमा पनि दिन रात नभनी यहि सिनेमाको छायाकंनमा जुटेकी छिन् । यहि सिनेमाको छायाकंनका कारण उनले भोलि देखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘नाई नभन्नु ल ५’ को प्रचार प्रसारमा प्रशस्त समय दिन भ्याएकी छैनन् । तैपनि स्वस्तीमाले सकेसम्म सिनेमाको प्रचार गर्न कुनै कसर नछोडेको देखिन्छ । उनले ‘बुलबुल’को सेटबाटै भएपनि सिनेमाको प्रचार गरिरहेकी छिन् ।
‘बुलबुल’ स्वस्तीमाको एक्टिङ करिअरको टर्निङ पोईन्ट हुने सम्भावना बोकेको सिनेमा हो । किनभने यस सिनेमामा उनी एउटा शसक्त महिलाको भूमिकामा प्रस्तुत हुँदैछिन् । यहि कारण पनि स्वस्तीमाले यो सिनेमालाई बढी महत्व दिएको देखिन्छ । 
तर यहि सिनेमाको छायाकंनका कारण उनले अन्य राम्रा प्रोजेक्टहरु गुमाईरहेकी छिन् । यसको ज्वलन्त उदाहरण होे डिसहोमको बिज्ञापन । 
केही दिन अघि मात्रै अभिनेता प्रदीप खड्का, साम्राज्ञी राज्य लक्ष्मी शाह र निति शाहको एक तस्बिर  भाईरल बनेको थियो । यो तस्बिर उनीहरुले डिस होमको बिज्ञापनमा काम गर्दाको थियो । 
यदि स्वस्तीमाले सिनेमा ‘बुलबुल’को छायाकंनबाट समय निकाल्न सकेको भए साम्राज्ञीको ठाउँमा दर्शकले स्वस्तीमालाई देख्ने थिए । किनभने साम्रज्ञी भन्दा पहिले यो बिज्ञापनको प्रस्ताव स्वस्तीमालाई गरिएको थियो ।
तर स्वस्तीमा सिनेमा ‘बुलबुल’को छायाकंनमा व्यस्त भएका कारण यस बिज्ञापनमा स्वस्तीमाले समय दिन भ्याईनन् र यो बिज्ञापन साम्राज्ञीले पाईन् । 
डिसहोमले यस बिज्ञापनमा स्वस्तीमालाई राख्न सक्दो मेहनत गरेको थियो ।
‘बुलबुल’को टिमसम्म पनि डिस होमले स्वस्तीमालाई यस बिज्ञापनमा काम गर्ने समय दिनु पर्यो भनेर कुरा पुर्याएको थियो । तर सिनेमाको छायाकंनबाट ब्रेक लिन नमिल्ने भएपछि स्वस्तीमाले यसमा काम गर्न पाईनन् । 
यहि कारण पछि स्वस्तीमाको ठाउँमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहलाई लिईएको विशेष स्रोतले जनाएको छ । 
यस अघि सिनेमा ‘जय भोले’मा अभिनेत्री साम्राज्ञीलाई पहिले प्रस्ताव राखिएको तर साम्राज्ञीले त्यस सिनेमामा समय दिन नभ्याएपछि उक्त सिनेमामा स्वस्तीमाले काम गरेको कुराले चर्चा पाएको थियो । 
यसरी एक पछि अर्को काममा ठोक्किएका स्वस्तीमा र साम्राज्ञीको यो टकराव कायम रहला या नरहला त्यो भने अहिले नै भन्न सकिने अवस्था छैन । 


ताजा समाचार

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस

एउटा प्रश्न गर्छु....उत्तर दिन सक्छौ...??


गान्टे मुला र फर्सि चैँ एकदिन पार्कमा घुम्न गएछन...उन पुरा पढ्नुहोस

के भन्न खोजेको स्पष्ट भन त.....??

कुनै एउटा गाउँमा बुढा र बुढि बस्थे...।शुरुशुरुमा त उनीहर पुरा पढ्नुहोस

त्यस्तो हैन क्या..कुरो अर्कै छ....

एकदिनको कुरा हो फर्सिलाल घरमा झोक्राएर बसिरहेको थियो..। पुरा पढ्नुहोस