gufgaf

आमिरकी छोरी ईराका प्रेमी !

2019/03/27   gufgaf
   

गफगाफ -  अभिनेता आमिर खानकी छोरी ईरा खान लाईमलाईटबाट टाढै छिन् । अहिले बलिवुडमा प्राय सेलिब्रेटीका छोराछोरीको डेब्यु गर्ने कुराले चर्चा पाईरहन्छ । तर ईरा भने यी कुराहरुबाट टाढै छिन् । ईरालाई सिनेमामा भन्दा पनि संगीतमा रुचि छ ।  यहि कारण पनि उनको डेब्युको खासै चर्चा सुनिँदैन ।लाईमलाईटबाट टाढै रहेपनि ईरा सामाजिक सञ्जालमा भने सक्रिय छिन् । बेलाबखतमा व्यक्तिगत जीवनका तस्बिरहरु सेयर गरेका कारण उनको चर्चा भईरहन्छ ।  

हालै मात्र ईराले आफ्नो मिल्ने साथी मिशाल कृपलानीसँगका केही तस्बिरहरु सेयर गरिन् जसले उनको प्रेमको चर्चा चलेको छ । आफ्नो क्लोज फ्रेण्ड मिशालसँगका तस्बिरमा उनीहरुको बोण्डिङ स्पष्ट देखिन्छ ।सार्वजनिक तस्बिरमा उनीहरुको निकटता देखेर धेरैले उनीहरु प्रेमी प्रेमिका भएको अनुमान लगाएका छन् । ईरालाई सामाजिक सञ्जालमा नै अहिले मिशाल तपाईँको प्रेमी हो ? भन्ने प्रश्नहरु थपिएका छन् । सार्वजनिक तस्बिरमा पनि केहीले प्रतिकृयामा यस्ता प्रश्नहरु उल्लेख गरेका छन् ।

तर यस बारेमा ईराले केही पनि बालेकी छैनन् । बाल्यकाल देखि नै संगीतमा रुचि राख्ने ईराका साथी मिशाल कृपलानी पनि संगीतमै सक्रिय छन् । मुम्बईका मिशाल म्युजिक कम्पोजर हुन् । ईरा आमिर र उनकी पहिलो श्रीमती टिना दत्ताकी छोरी हुन् ।  पहिलो विवाहबाट आमिरका दुई सन्तान छन् छोरा जुनैद र छोरी ईरा । त्यस्तै सन् २००५ मा आमिरले किरण रावसँग विवाह गरे जसबाट एक छोरा छन्  आजाद ।  
 


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस