Tuesday, 26 Oct
01:00:00

चलचित्र ‘रोज’ को अफिसियल ट्रेलर रिलिज

2018/09/10   Tek

गफगाफ / नीरक पौडेल निर्देशित चलचित्र ‘रोज’ को अफिसियल ट्रेलर रिलिज भएको छ । बिहीवार काठमाण्डौमा पत्रकार सम्मेलन पश्चात चलचित्रको ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
ट्रेलरमा प्रेम, द्वन्द्व, हत्या, रोदन लगायतका सबै कुराहरुलाई कलात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको छ  । अभिनेता प्रदिप खड्काले आफ्नै प्रमिकालाई गोली पाहार गरेको दृश्य ट्रेलरमा स्पष्ट देखाईएको छ । लाई रोमान्टिक अवतारदेखि क्रिमिनल लुक्ससम्म देख्न सकिन्छ । प्रदीपलाई प्रेमिकाको हत्या अभियोगमा आजिवन काराबासको सजाय सुनाइएको छ ।  यता उनलाई निर्दोश साबित गर्नका निम्ति अभिनेत्री मिरुना मगर वकिल बनेर अदालतमा बहस गरिरहेकी छन् । चलचित्रमा अभिनेता कर्मा शाक्य डिएसपीको भूमिकामा प्रस्तुत गरिएको छ । 

सुरुवातमा चलचित्रको नामाकरण गर्दा ’रोजी’ राखिएको थियो । तर पछि सो चलचित्रको नाम रोजी बाट परिवर्तन गर्दै ‘रोज’ राखिएको थियो । चलचित्र भाद्र २२ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको निर्माण टिमले गफगाफलाई बतायो । चलचित्रमा प्रदिप, मिरुना,परमिता को अलावा बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकार हरुको जिवन्त अभिनय छ ।

आयरा पौडेल र आरोही केसीको निर्माणमा बनेको चलचित्रका प्रस्तुतकर्ता उद्धव पौडेल हुन् । चलचित्रमा केदार भुषालको कथा, मित्र डि गुरुङको सम्पादन्, अर्जुन पोखरेलको संगीत, कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी छ ।
च्लचित्र गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस