gufgaf

शुभलभ युट्युव रिलिज नहुने

2019/03/29   गफगाफ
   

गफगाफ -  यसै शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएको नेपाली चलचित्र ‘शुभ लभ’ युट्युबमा रिलिज नहुने भएको छ । युट्युबमा चलचित्र रिलिज हुने आशाले दर्शक हलसम्म नजाने हुँदा चलचित्र युट्यबमा रिलिज नगर्ने निर्णय लिइएको चलचित्रका निर्देशक सन्तोष बाबु लोहोनीले बताए । यो चलचित्र विषेश युवा ज्योतिष हरिहर अधिकारीका कारण चर्चामा छ । उनले आफ्नो ज्योतिषको कलाबाट एक खाले फ्यान फलोइङ बनाइसकेका छन् । ज्योतिष बाट अभिनय यात्राको शुभ आरम्भ गरेका हरिहर अधिकारीले ‘शुभ लभ’ युट्युबमा नकुर्न दर्शकलाई आग्रह गरेका छन् । 

‘हामी हाम्रा दर्शकलाई आजैबाट जानकारी गराइरहेका छौ । चलचित्र शुभलभ युटुवमा रिलिज हुँदैन ।’ अभिनेता हरिहर अधिकारीको भनाई थियो । चलचित्र शुभ लभलाई निर्देशक सन्तोष बाबु लोहोनीले निर्देशन गरेका हुन् । चलचित्रका २ वटा गीतलाई दर्शकले रुचाएका छन् । चलचित्रको टे«लरलाई पनि सकारात्मक टिप्पणी आइरहेका छन् । चलचित्र शुभ लभमा अधिकांश नयाँ कलाकारहरुको बाहुल्यता रहेको छ । चलचित्रमा युवा ज्योतिष हरिहर अधिकारी सँगै कृष्टीन पौडेल, राजा राजेन्द्र पोखरेल, डाक्टर सुर्या थापा, नम्रता सिमखडा लगायतको अभिनय रहेको छ भने सरोज खनाल, राजारम पौडेल, रबिन्द्र झा लगायतका कलाकारहरुको अभिनयले चलचित्रलाई थप मझबुत बनाएको छ । 

चलचित्रको कथा युवा ज्योतिष हरिहर अधिकारीले नै लेखेका हुन् । चलचित्र ‘शुभ लभ’ का प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको चलचित्र ‘शुभ लभ’ मा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा हरिहर ज्योतिषकै भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस