gufgaf

प्रदिप र जसिता भद्रगोलमा 

2019/03/30   गफगाफ
   

गफगाफ -  अभिनेता प्रदिप खड्का यतिबेला चलचित्र  लभस्टेशनको प्रचार प्रसारमा व्यस्त छन् । प्रचार प्रसारकै लागी उनि बिभिन्न स्थानहरुमा पुगिरहेका छन् । यसै बिच नेपाल टेलिभिजन बाट प्रसारण हुदै आएको चर्चित हास्य टेलिश्रिंखला भद्रगोलमा पनि चलचित्र लभस्टेशनका प्रमुख दुई कलाकार प्रदिप र जसितालाई देखाइएको छ । उनिहरुले चलचित्र प्रचार प्रसारकै लागी हास्य टेलिश्रिंखला भद्रगोलमा अभिनय गरेका हुन् । 

भद्रगोलमा अभिनेता प्रदिप खड्काले एक रेष्टुरेन्टमा गीत गाउने गायकको भुमिका निर्वाह गरेका छन् । भद्रगोलका निर्देशक तथा लेखक समेत रहेका कुमार कट्टेल जिग्रीले खोलेको लभस्टेशन रेष्टुरेन्टमा प्रदिप गीत गाउछन् । यता चलचित्रकी अभिनेत्री जसिता गुरुङ प्रदिप कै प्रेमिका हुन्छिन् । उनि आफ्नो माया जालमा पार्दै ग्राहकलाई रेष्टुरेन्टमा ल्याउने र धेरै बिल उठाउनका लागी हौसाउने गर्छिन् ।  चलचित्र लभस्टेशनमा पनि प्रदिप गायककै भुमिकामा प्रस्तुत भएको बुझिएको छ ।

जसिताको भुमिका कस्तो छ भन्ने कुरा थाहा पाउनका लागी भने चैत्र २२ गतेलाई नै कुर्नु पर्ने हुन्छ । पछिल्लो समय हास्य टेलिश्रिंखला भद्रगोल बिभिन्न चलचित्र प्रचार प्रसारको गतिलो माध्यम बन्ने गरेको छ । यस अघि पनि बिभिन्न चलचित्रहरुको प्रचार प्रसारका लागी चलचित्र निर्माण युनिट भद्रगोलमा देखिने गरेका छन् ।  २ सय ४ भाग पुरा गरेको हास्य टेलिश्रिंखला भद्रगोल युबापुस्ता बिच निकै लोकप्रिय बन्दै गएको छ । यस हास्य टेलिश्रिंखलामा अभिनय गर्ने पात्रहरुलाई पनि दर्शकले निकै रुचाउने गरेका छन् ।  
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस