gufgaf

डिभोर्सको हल्ला बिच ‘जोनस ब्रोदर्स शो’मा प्रियंका !

2019/03/31   Gufgaf
   

बलिवुड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी पप गायक निक जोनससँग ४ महिना अघि मात्रै विवाह गरेकी हुन् । आफूभन्दा १० वर्ष कान्छा निकसँग अफेयर शुरु भएदेखि नै प्रियंकाको प्रेमको चर्चा चुलिएको थियो । अफेयरको चर्चा सेलाउन नपाउँदै प्रियंका र निकले विवाहको घोषणा गरे जसले धेरैलाई चकित पनि बनायो । 

उनीहरुले हिन्दु र क्रिश्चियन रितिरिवाज अनुसार विवाह गरेका थिए । ४ महिना अघि मात्रै विवाह बन्धनमा बाँधिएको यो जोडीको सम्बन्धमा खटपट भएको यतिबेला चर्चामा छ । अमेरिकाकै एक म्यागजिनमा उनीहरुको सम्बन्ध राम्रो नभएको र छिट्टै नै डिभोर्स हुनसक्ने खबर प्रकाशित भएपछि अहिले यो खबरले धेरैलाई सोचमग्न बनाएको छ । 

निकसँग सम्बन्ध बिच्छेदको हल्ला चलिरहेको बेला प्रियंका भने अमेरिकामा शनिबार राती अमेरिकामै आयोजना भएको ‘जोनस ब्रोदर्स शो’मा निकसँगै पुगेकी छिन् । उनले निक र उनका दाजु भाईसँगको एक तस्बिर सामाजिक सञ्जाल ईन्स्टाग्राममा सेयर गर्दै जोनस ब्रदर्सकन्सर्टमा सहभागीता जनाउन पाउँदा आफू एकदमै खुशी भएको र उनीहरुलाई आफ्नो परिवारको रुपमा पाउँदा निकै भाग्यमानी ठानेको पनि उल्लेख गरेकी छिन् । 

केही दिन अघि मात्रै निक जोनसले आफ्ना भाईको ग्रयाजुएशन सेरेमनीमा सहभागीता जनाउन नपाउँदा अभिभावकको रुपमा प्रियंका पुगेकी थिईन् । 
उता तीन दिन अगाडि मात्रै निकले पनि प्रियंकाको नयाँ शो को प्रचार ईन्स्टाग्राममार्फत गरेका थिए । 

दैनिक रुपमा प्रियंका र निकले सामाजिक सञ्जालमा सेयर गरेका पोस्टहरुलाई नियाल्ने हो भने उनीहरुको सम्बन्ध सामान्य रुपमै अघि बढेको अनुमान लगाउन सकिन्छ । तर यतिबेला भाईरल भएको उनीहरुको डिभोर्सको खबरलाई पनि बेवास्ता गर्न सकिने अवस्था भने छैन । 

 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस