gufgaf

प्रदीपले छोडेपछि ‘ए मेरो हजुर ३’ मा आएका थिए अनमोल !

2019/04/01   गफगाफ
   

गफगाफ -  अभिनेता प्रदीप खड्का यतिबेला सिनेमा चैत २२ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘लभ स्टेशन’ को प्रमोशनमा व्यस्त छन् । उनी सिनेमाको प्रचारको लागि विभिन्न कलेज र स्कुलहरु सँगै टेलिभिजन र रेडियोमा पुगिरहेका छन् । सिनेमाको सक्दो जानकारी दर्शकमाझ पुर्याउने कोशिषमा रहेका प्रदीपले यस सिनेमाको प्रचारको क्रममा एउटा खुलाशा गरेका छन् ।

प्रदीपले यहि चैत्र २९ गतदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘ए मेरो हजुर ३’ छोडेका थिए । अनमोल केसीको मुख्य भूमिका रहेका कारण ‘ए मेरो हजुर ३’ प्रतिक्षित सिनेमा बनेको छ । तर यो सिनेमामा प्रदीपले काम नगरेपछि मात्रै अनमोलले काम गर्न पाएका थिए ।

खासमा प्रदीप र अनमोललाई एकअर्काको प्रतिस्पर्धीको रुपमा पनि हेरिन्छ । यहि कारण केही समय अघि सिनेमा ब्याचलर बन्टी अनमोल केसीले छोडेपछि प्रदीप खड्काले साईन गरे भन्ने हल्ला चल्यो । यो कुरा हल्लामा मात्रै सिमित रहेन सामाजिक सञ्जालमा विभिन्न ट्रोल नै बन्यो ।

हालै मात्र फर्सिनेटवर्ककको सामाजिक सञ्जाल र ट्रोलसँग सम्बन्धित एक कार्यक्रममा प्रदीपको उक्त ट्रोलको प्रसंग पनि जोडियो । जुन ट्रोलमा अनमोलले छाडेको सिनेमा प्रदीपले साईन गरेको कुरा उल्लेख छ । तर प्रदीपले उक्त ट्रोलमा चित्त दुखाउँदै यसरी एउटाले छोडेको सिनेमा अर्काले गर्नै नहुने भन्ने नभएको बताए ।

उनले अनमोलले पनि आफूले छोडेको सिनेमामा काम गरेका बताए । ‘ए मेरो हजुर ३’ को निर्माण पक्षले यस सिनेमाको लागि पहिलो प्रस्ताव प्रदीपलाई राखेको थियो । प्रदीपले यो सिनेमा गर्ने लगभग फाईनल भईसकेको थियो । तर सिनेमा ‘लभ स्टेशन’ को काम र ‘ए मेरो हजुर ३’ को काम जुध्ने भएका कारण प्रदीपले सिनेमा छोडेका थिए । आफूले छाडेपछि अनमोलले ‘ए मेरो हजुर ३’ मा प्रवेश गरेको प्रदीपले बताएका छन् ।


ताजा समाचार
म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस