gufgaf

प्रियंकाको डिभोर्सबारे बोल्न मानेनन् आफन्त

2019/04/01   गफगाफ
   

गफगाफ -  बलिवुड अभिनेत्री प्रियंका चोपडाको सम्बन्ध बिच्छेदको खबरले केही दिन यता  मिडिया तताएको छ । ४ महिना अघि मात्रै विवाह बन्धनमा बाँधिएकी प्रियंकाको सम्बन्ध बिच्छेदको खबर भाईरल बन्दा पनि उनको परिवारले कुनै प्रतिकृया जनाएको छैन ।
भारतीय सञ्चार माध्ययमले प्रियंकाको सम्बन्धको बारेमा उनका आफन्तसँग बुझ्न खोज्दा पनि कसैले केही जवाफ दिन मानेका छैनन् ।

सधै मिडियासँग खुलेर बोल्ने प्रियंकाकी आमा मधु चोपडाले भारतीय सञ्चार माध्ययमले प्रियंकाको डिभोर्सबारे गरेको प्रश्नको जवाफमा यो  प्रियंका र निक जोनसको सम्बन्ध बिच्छेदको बारेमा कुरा गर्ने समय नभएको उल्लेख गरेकी छिन् । प्राय भारतीय सञ्चार माध्ययमको प्रश्नको सहजै जवाफ दिने गर्ने मधुले यस विषयमा भने केही पनि नबोल्नुले पनि शंका पैदा गरेको छ । 

यति मात्रै हैन चार महिना पहिले प्रियंकाको विवाह हुन लागेको पक्का खबर मिडियामा ल्याएका उनका आफन्त समेत यस विषयमा बोल्न मानेका छैनन् । उता प्रियंकाको काम सम्हाल्ने टिमले पनि यस विषयमा मुख खोलेको छैन । 

प्रियंकाका नजिकका व्यक्तिहरुले नै यस विषयमा नबोलीदिँदा धेरैले शंका गर्ने ठाउँ बनेको छ ।
तर प्रियंका र निकको सामाजिक सञ्जाललाई नियाल्दा भने उनीहरुको सम्बन्ध सामान्य लाग्छ ।  तर डिभोर्सको कुराले ठूलो रुप लिईसक्दा पनि प्रियंका र उनका आफन्तले यस विषयमा नबोल्दा उनीहरुको सम्बन्ध बाहिर देखिएको जस्तो नभएको अड्कल धेरैले लगाउन थालेका छन् । 

https://www.instagram.com/stories/priyankachopra/

हुन त प्रियंकाले ११ घण्टा अगाडि मात्रै सासु र ससुराको एउटा भिडियो सामाजिक सामाजिक सञ्जाल ईन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छिन् । जसमा सासु ससुराको लोभ लाग्दो उठ्ने तरिका भन्दै संगीतमा रमाइरहेको एउटा भिडियो पोस्ट गरेकी छिन् । प्रियंकाको गतिबिधि हेर्दा प्रियंकाको वैवाहिक जीवन खुसहाल रहेको बुझ्न सकिन्छ । तर डिभोर्सको हल्ला फैलिसक्दा पनि उनी केही नबोल्नुले उनको वैवाहिक सम्बन्ध सुखद छैन कि भन्नेमा पनि धेरैको ध्यान गएको छ । 
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस