gufgaf

राहत सामाग्री लिएर बारा पुगे धुर्मुस सुन्तली

2019/04/01   गफगाफ
   

गफगाफ -  आईतबार रातीको आँधीहुरीले नेपालका बारा, पर्सा लगायत बिभिन्न जिल्लामा निकै धनजनको क्षति भएको छ । २७ भन्दा बढीको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् । उक्त क्षतिको निम्ति बिभिन्न व्याक्ती तथा संस्थाहरु सहयोग जुटाउन लागी परेका छन् । देश विदेशमा रहेका नेपालीहरुबाट सहयोग जुट्ने क्रम जारी नै छ ।

यसै बिच समाजसेवामा अग्रसर हाँस्य कलाकार जोडी सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली” हाल बारा पुगेका छन् । उनिहरु धुर्मुस–सुन्तली फाउण्डेसनको तर्फबाट राहत सामाग्री लिएर बारा पुगेका हुन् । “धुर्मुस” “सुन्तली” ले त्रिपाल, कम्बल, खाद्यान्न लगायतका सामाग्री लिएर गएका छन् । 

अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका “धुर्मुस” “सुन्तली” आइतवारको हावाहुरीले जनधनको क्षेति भए पछि रंगशाला निर्माणको काम स्थगीत गर्दै मलम पट्टि लगाउन बारा पुगेका हुन् ।  उनीहरुले हावाहुरीको घटनाले आफुहरु मर्माहत भएको बताएका छन । धुर्मुस–सुन्तली फाउण्डेसनका प्रमुख सिताराम कट्टेल “धुर्मुस” ले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबै नेपालीहरुलाई अनुरोध गरेका छन् ।
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस