gufgaf

हरिहरको मन नपर्ने बानी

2019/04/02   गफगाफ
   

गफगाफ-  ज्योतिषबाट परिचय कमाएका हरिहर अधिकारीले सिनेमा शुभलभ सँगै अभिनय यात्रा शुरु गरेका छन् । अधिकारी अभिनित सिनेमा चैत १५ गते शुक्रवारबाट प्रदर्शनमा आएको छ । ज्योतिष र माँयाप्रेम को कथामा बनेको सिनेमाको ब्यापार औसत छ । सिनेमा आउनु अघि हजारौको भविष्यबाण्ी गरेका अधिकारीलाई हामीले चैं तपाईको सिनेमाको चर्चा त भयो अपेक्षीत व्यापार त गर्न सकेन नि किन हो तिथी मिलेन कि अभिनय भनेर कुरा थालेका छौं 

यस्तो हो व्यक्तिको भविष्यबाणी र सिनेमाको व्यापार फरक कुरा हो । व्यक्ति व्यक्ति हो सिनेमा टिम हो । एउटा सिनेमा बन्दा झण्डै सय भन्दा बढी मान्छेको परिश्रम र सपना हुन्छ जोडिएको हुन्छ । यो व्यापारको कहिले काँहि तलमाथी हुन्छ यो त्यै भएको हो ।  

  • अब चैं अरु रमाईलाई प्रश्नहरु तपाईलाई , आफैँलाई मन नपर्ने आफ्नो बानि के हो ?

म अलिकती अल्छि छु ।

  • तपाईले अहिले सम्म लिनुभएको सबैभन्दा गाह्रो निर्णय के हो ?

मैले लिएको सबैभन्दा गाह्रो निर्णय भनेको ज्योतिष शिक्षा लिएर पढ्छु...भन्ने  निर्णय नै हो ।

  • शुरुशुरुमा परीवार बाट कस्तो सर्पोट पाउनुभएको थियो ?

परीवारबाट राम्रो सर्पोट थियो तर छिमेकिहरुले चैँ यास्तो पेशामा नलागेको भए हुन्थ्यो भन्ने कुराहरु गर्थे ।

  • कुनै ठाउँमा ओभर एक्टिङ गर्नु भएको छ कि छैन ?

फिल्ममा कुनै कुनै ठाउँमा आफैँलाई ओभर एक्टिङ गरेको हो कि भन्ने फिल भएको थियो ।

  • तपाईलाई अहिले सम्म चिठ्ठा परेको छ ?

बच्चा बेलामा चाउचाउ मा दुई रुपैँया,पाँच रुपैँया पर्थ्यो । त्यो बाहेका जिन्दगीमा अहिले सम्म चिठ्ठा परेको छैन ।

  • ब्रेकअप अनुभव कत्तिको लिनुभएको छ ?

छ । आजभन्दा लगभग तिन बर्ष अगाडि मेरो ब्रेकअप भएको थियो । लगभग ५—६ बर्ष रिलेसनमा बसेर ब्रेकअप हुँदा साह्रै गाह्रो हुँदो रहेछ । खान मन नलाग्ने,जो केटि देखे पनि उ जस्तै लाग्ने यस्तै यस्तै हुँदोरहेछ ।

  • तपाईलाई एकदमै रिस उठ्दा कस्तो शब्द प्रयोग गर्नुहुन्छ ?

म त्यस्तो नहुने शव्द त बोल्दिन त्यहि कुकुर, फटाहा यस्तै यस्तै चै प्रयोग हुन्छ कहिले काहि ।

  • कुनै कार्यक्रममा जाँदा आफ्नो जस्तै लुगा लगाएको व्यक्ति भेट्नुभएको छ ?

एउटा कार्यक्रममा जाँदा एकजनाले ठ्याक्कै मेरो जस्तै कपडा लागाउनु भएको रहेछ । अफ्ठ्यारो लाग्यो  । त्यस पछि हत्तनपत्त गाडिमा गएर अर्को कपडा चेन्ज गरेँ ।

  • तपाई आफुलाई अहिले सम्म युटुबबाट आएको कमेन्ट मध्ये एकदमै चित्त दुखेको कमेन्ट कुन हो ?

एक जनाले यो मान्छेले ज्योतिष भएर पनि चलचित्रमा काम गरेछ अब यो मान्छेको ज्योतिष    सकिन्छ भन्ने कमेन्ट गर्नुभएको थियो । यस्मा चैँ मलाई एकदमै चित्त दुखेको थियो ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस