gufgaf

करीनाका २ वर्षे छोराको बलिवुड डेब्यु !

2019/04/02   गफगाफ
   

गफगाफ- बलिवुड अभिनेत्री करीना कपूर खानका छोरा तैमुर अलि खान  आफ्नो क्युटनेसका कारण चिनिन्छन् । उनी अहिले चर्चित स्टार किड्सको सूचिमा पर्छन् जसलाई घरबाहिर निस्कने बित्तिकै क्यामेरामा कैद गर्न धेरैले तँछाडमछाड गर्छन् । उनी कहाँ को सँग जान्छन् सबै कुराहरु सार्वजनिक भईरहेका हुन्छन् ।

अझ भन्ने हो भने तैमुरको बलिवुडका चर्चित स्टारको भन्दा कम क्रेज छैन ।  सामाजिक सञ्जालमा उनका तस्बिर र भिडियोहरु भाईरल भईरहेका हुन्छन् । तैमुरको यहि क्रेज देखेर हुनसक्छ सेफअलि खान र करिना कपूर खानले उनको बलिवुड डेब्युको तयारी गरेका छन् ।  २ वर्षका तैमुरले छिट्टै नै बलिवुडमा कदम राख्ने भएका छन् । 

भारतीय सञ्चार माध्ययमका अनुसार करीनाको आगामी सिनेमा  गुड न्युजमा तैमुरले काम गर्ने भएका छन् । सिनेमामा १० मिनेट देखिने तैमुरले केही सिनहरुको छायाकंन पनि गरिसकेका छन् । ‘गुड न्युज’मा करीनासँगै अक्षय कुमार, कायरा आडवाणी र दिलजित दोसांझको अभिनय रहनेछ ।  

केही दिन अघि मात्रै सिनेमाको सेटबाट कायरा र तैमुरको एउटा भिडियो भाईरल भएको थियो । यो भिडियो देखेर धेरैले  तैमुर आमा करीनासँग सेटमा गएको अनुमान लगाएका थिए । तर तैमुर सिनेमाको छायाकंनकै लागि सेटमा पुगेका थिए । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस