gufgaf

प्रधानमन्त्रीको सम्बोधनले दाल भात तरकारी युनिट उत्साहित

2019/04/02   गफगाफ
   

गफगाफ - दाल भात तरकारी औषधी हो यो खाए ट्वलेट खानु पर्दैन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वोधनले चलचित्र दाल भात तरकारी युनिट उत्साहित भएको छ । मंगलबार राजधानीमा आयोजित ६२ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दाल भात तरकारीलाई औषधीसँग तुलना गरेका हुन् । 

विभिन्न अनलाइनमा एका एक यो समाचार आए पछि चलचित्र दाल भात तरकारी युनिटले प्रदर्शनको मुखैमा रहेको आफ्नो चलचित्रको प्रचार प्रसारमा थप सहयोग पुगेको बताएको छ । चलचित्र दाल भात तरकारी आउदो नयाँ वर्षको वैशाख २० गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा छ । महसञ्चारको ब्यानरमा निर्माण भएको चलचित्र दाल भात तरकारीका प्रस्तुत कार्ता किरण केसी हुन् ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल,सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बांदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा,पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रको निर्देशन सुदन केसीले गरेका हुन् । चलचित्रमा शम्भुजित बास्कोटाको संगीत छ भने दिर्घ गुरुंङको छायाकंन रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको यस सिनेमालाई रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बांदेल, विल्सन विक्रम राई, दिपेन्द्र खनिया र सुमित मैनालीले चलचित्रमा लगानी गरेका छन् । 
 


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस