gufgaf

भुवन र अनमोल साथी

2019/04/03   गफगाफ
   

गफगाफ - थोरै सिनेमा खेलेरै बलियो स्टारडम बनाएका सुपरस्टार अनमोल केसीलाई यतिबेला चलचित्र ‘ए मेरो हजुर ३’ को प्रचार प्रसारमा व्यस्त छन् ।  उनि अभिनित अय अघिको चलचित्र ‘क्याप्टेन’ अझै पनि केहि हलहरुमा प्रदर्शन भइरहेको छ । सदाबहार नायक भुवन केसीले निर्माण गरेको चलचित्र ‘क्याप्टेन’ लगत्तै अनमोल ‘ए मेरो हजुर ३’ का कारण चर्चामा छन् । सुपर काजोल फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र ‘क्याप्टेन’ ले बाबुछोरालाई दर्शकमाझ संगै ल्याएको थियो ।अहिले भने अनमोल एक्लै दर्शकमाझ आइरहेका छन् । तर, हरेक अन्तर्वाताहरुमा अनमोललो आफ्नो बाबुको कुरा गर्ने गर्छन् । अन्तर्वार्तामा अनमोलले आफ्ना बाबुको जति खुलेर तारिफ गर्छन्, त्यति नै तारिफ भुवनले पनि छोरा अनमोलको गर्छन् । 

अनमोल केसी र भुवन केसीको सम्बन्ध बाबुछोराको मात्र नभएर साथीको जस्तो छ । जसको फाइदा बाबुका कारण छोरालाई र छोराका कारण बाबुलाई मात्र नभएर बाबुछोराका कारण सिनेमा क्षेत्रलाई पुग्ने गरेको छ । भुवन भन्छन् ‘एउटा जमानामा म पनि अहिले अनमोलजस्तै व्यस्त थिएँ तर मलाई के लाग्थ्यो त्यतिबेला कसरी नेपाली सिनेमा उद्योगलाई राम्रा सिनेमा दिने भन्ने सोचले पिरोल्थ्यो । अहिले अनमोलको करिअरमा पनि ऊ राम्रा सिनेमा मात्र काम गरोस भन्ने लाग्छ ।’

अनमोल पनि बाबु भुवनको त्यो बानीबाट प्रभावित भएको बताउँछन् । उनले बुबाका सिनेमा हेरेर र बुबाले दिने सल्लाहमा विचार गरेर दर्शकको चाहना अनुसारका सिनेमामा काम गर्ने गरेको स्वीकार्छन् । ‘ड्याडीले पनि मलाई सल्लाह दिनुहुन्छ । उहाँले नेपाली सिनेमालाई दिएका सिनेमा हेरेर पनि मैले धेरै कुराको सिकेको छु ।’, अनमोलको भनाई थियो ।मिडियामा कहिलेकाहिँ अनमोलले सिनेमा खेल्ने कि नखेल्ने भन्नेमा पनि बुबाले निर्णय गर्ने गरेको खबर आउने गर्छ । यो गुनासो निर्माताहरुले नै धेरै गर्ने गरेका छन् । भुवनले भने आफूले अनमोललाई यो सिनेमा खेल्नुपर्छ अथवा यो नखेल भनेर कहिल्यै नभनेको बताउँछन् ।

भुवन भन्छन् ‘अनमोलले कुन सिनेमा खेल्ने भनेर आफैले निर्णय गर्ने हो । मेरो छोरा आफै बुझ्ने छ । कहिलेकाहिँ सोध्यो भने मैले सल्लाह दिने एउटा कुरा हो । तर मैले सिनेमा खेल्ने दबाब दिने भन्ने होइन । यो उसकै रोजाइ हो ।’, । अनमोल पनि बुबाको कुरामा समर्थन जनाउँछन् । उनी भन्छन्, ‘कोही निर्मातासँग मेरो नम्बर हुँदैन । उहाँहरुले ड्याडीलाई फोन गर्नुहुन्छ । त्यसपछि मलाई मन परेन भने बुबाले नै काम नगर्ने भन्दिनु हुन्छ त्यसैले पनि वाहाँहरुलाई त्यस्तो लागेको हुन सक्छ । भुवन र अनमोल बाबु छोरा भन्दा पहिला आफुलाई साथीको रुपमा लिने गर्छन् । भुवन पनि कुनै काम गर्न अघि अनमोलसँग सल्लाह गरेर मात्र गर्ने गर्छन । यता अनमोल पनि त्यसै गर्छन् । उनिहरु भन्ने गर्छन हामी बाबु छोरा हौ तर हामी एक अर्कालाई साथी भन्न रुचाउछौ । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस